Posted by: Poonte November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
बुधबारको फस्ट क्लास नै English 101 रमेशको। सोमबार देखि नै तस्पेको उसको मन, आज त बिहान उठ्ने बित्तिकै ज्वालामुखी झैं गरि फुट्न खोजी रहेको थियो। मुख धुन ऐना हेर्दा नि जेन्नी कै अनुहार देखा पर्नि, खाजा पनि नपच्नि, किताब खोल्यो, ध्यानै नलाग्नि, टिभि हे-यो, को को जिन्दगीमा भेटै नभा’को निउज रिडरसंग नि रिस ऊठ्नि, मनको व्यथा चिनजान, साथी भनेकै दुईजना रुममेटलाई सुनायो कि, मजाक गरेरै वाक्क बनाउनि। रमेशको उकुसमुकुसको कुनै सिमा नै थिएन त्यो दिन। थे पनि चिटिक्क पर्न चईं भ्यायो उसले। तीन पटक त शेभ गरे के रे, दुई पटक शर्टमा ईस्त्री लाए, कपाल नि जेल सेल हालेर चिटिक्क बान’का मात्र के थिए, तेई भोटे टोपी सम्झे फेरि। चिटिक्क कपाल माथि नै घोप्टाए फेरि तेई भोटे टोपी। रुममेटलाई सोध्न पर्छ कि जस्तो त ला’थ्यो, तर नसोधिकनै कुरुक्क रुममेटको कोलोन पनि छर्के आफ्नो ज्यानमा। मग मग बास्ना लिएर, छोरी माग्नै जान ला’ जस्तो गरेर, निस्कन मात्र के ला’थे, एउटा रुममेट आँखा मिच्दै देखा परि हाले। “ओ हो, काजी! झण्डै बिर्सेको, आज त बुघबार! जेन्नीसंग लभ गाँस्न पेन्नी उडाउने होला नि! खुब बास्ना आ’छ ल, लभै गर्न नखोजेकी भएनि तिम्लाई सुघ्न त सुयर आउँछे जेन्नी आज! ल, ल, गुड लक! बरु तेस्को दिदी बईनी पनि रईछन् भने हाम्रो नि कुरा गर्देउ के रे। अनि तिमीले केई नगर्नि भए जेन्नीसंगै नि भेट्टाईदेऊ, ल! एनिवे, गुड लक!” रुममेटको त्यो कमेन्टलाई वास्तै नगरी रमेश लाग्यो कलेजतिर। “हैन, मेरो त लभै प-यो जस्तै छ यो संग। तर उसले मानिन भने नि साथी मात्रै बन्न नि ठीकै हुन्थ्यो। तर कसरी हुन्छ लभ? चिनेकै छैन। तर राजुले त भन्थ्यो, कहिले काहिं ‘Love at first sight’ नि हुन्छ रे। ल, म पक्का भएं, मेरो नि तेस्तेई भयो। Love at first sight. भनाई नि कस्तो powerful छ यो त!,” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै, क्लासमा ध्यान पनि नदिई, जेन्नीतिर नजर गाडेको गाडै बि्तयो उसको English क्लास त्यो दिन। “So, what happened to your math class?,” आज चईं रमेशले नै लन्चमा जाऊँ भनेर राखेको प्रस्ताव पछि जेन्नीले जिज्ञासा जनाई। “Oh! One of my friend’s told me that professor is a bad one, very tough one. So, I dropped that class, and now I have add another math class before registration ends,” कुरो ठीक्क पार्न त आउने हो केटोलाई। दिन बित्दै गए, हप्ताहरु बिते। जेन्नी त रमेशको घनिष्टता पनि निकै बढ्यो। हुन त रमेशले आफ्नो मनको साँचो कुरा भन्ने आँट कहिलै गर्न सकेको थिएन, तर जेन्नी उसको नजिक नजिक आएको महसुसले नै उसको छित्त बुझ्थ्यो। लाईब्रेरीमा पढ्न होस्, या ल्याबमा पेपर लेख्न होस, या लन्च खान होस्, उनीहरु प्राय जसो संगै हुन थाले। एक दिन त जेन्नीले रमेशलाई उसको दिदीको घरमा डिनर पनि खान लग्यो। रमेश सोंच्थ्यो, “आफ्नो परिवार संग नि भेटधाट गरायो मलाई त, मन नपाराएकी भए किन तेस्तो गर्थि?” कलेज बाहिर नि घुम्थे उनीहरु। Movies, eat outs, hang outs, bars, clubs. शायद जेन्नीलाई रमेशको जस्तै बिडम्बना थियो होला, आँट्न नसक्ने। जे होस्, रमेश निश्चित थियो, उनीहरुको प्रेम निकै माथी उक्ली सक्यो भन्ने कुरामा, तेसैले खासै केही खुलस्त नभए नि उ सन्तुष्ट थियो। सिरफ् केटी ने परिछे, राम्रै भयो, बिस्तारै सबै मेसो मिली हाल्छ, अनि बिहे त यही सँगै गर्छु होला भनेर पनि बिचार गर्थ्यो ऊ। बेला बेलामा चाहिं निकै छट्पटाउँथ्यो ऊ, कोठामा, कहिले काहिं जेन्नीले फोन नऊठाउँदा। फोन लागे पछि चाहिं, रात भर गफ हुन्थ्यो उनीहरुको। आ-आफ्नो परिवारको बारे, नेपालको बारे, पहिलेको अफेर्स बारे, भनम् ऊनीहरुको घनिष्टताले पृथ्वीको कोरलाई नै छोई सकेको थियो। “लबेरिया भन्छ यसलाई, बुझिस्, लबेरिया!” भनेर सम्झाउँथ्यो उसलाई उसका रुममेटहरु। क्रमश: (अब भोलि मात्रै) :)
Read Full Discussion Thread for this article