Posted by: Poonte November 29, 2006
‌‍@@चौतारी ३४@@
Login in to Rate this Post:     0       ?        
“I like your hat. Is that from Nepal?,”जेन्नीको अकस्मात् मित्रताको आह्वानले रमेशलाई केही बेर त नर्भस बनायो। अमेरिका आए पछि रमेशको कलेजमा पहिलो दिन, पहिलो कक्षा, English 101. कक्षाको शुरु मै प्रत्येक बिध्यार्थीको परिचय मागेकी थिईन् प्रोफेसरले। त्यसैले जेन्नीलाई रमेश नपालबाट आएको भनेर थाहा भई सकेको थियो। “Oh! Ummm…ahhhh…not really. This is actually a Tibetan hat, but you can find it aplenty in Nepal too, specially in tourist areas in Kathmandu,” अलि अलि नर्भस भएनि रमेशले फलको अलि अलि चिसोमा लाएको भोटे टोपीको परिचय दिंदै जेन्नीलाई भन्यो। “It’s really cute!,” जेन्नीको यो वाक्य पछि निकै बेर शान्त छायो उनीहरुको पहिलो कुराकानीमा। भलाखुसारी कसरी अगाडि बढाउने भन्ने कुरा रमेशलाई आएन तेतिखेर। यता उता टोलाउँदै थियो रमेश, जेन्नीले फेरि बोली, “When’s your next class? Are you free right now? Do you wanna go for lunch?,” जेन्नीको नयाँ प्रस्ताव एक्कासी आउँदा रमेश झनै नर्भस भयो। “Huh? No, no! I have a math class in 15 minutes,” रमेशले अनायसै झुट बोलेर आफू हिंडी हाल्नि पर्ने जनायो। उसको math class शुरु हुन अझै २ घण्टा बाँकी थियो। “Oh! Okay. I will see you Wednesday then!,” लटर पटर कुरा गर्न आउँदैन अमेरिकीहरुलाई, अनि जेन्नी नि आफ्नो बाटो लागि। एकछिन बुक स्टोरमा समय बिताएर क्याफेटेरियातिर भोक मेट्न लागेको बाटो भरि रमेशलाई धेरै खुल्दुलीले सताए। “धत्तेरी! म नि कस्तो लाटो छु। जानु पर्ने जेन्नी संगै। तर के हो के। नयाँ केटी मान्छेसंग शुरुमै तेसरी हुत्तिन्दा फेरि अनर्थ पो लाऊँथिन् कि? तर फेरि उसैले राखेको प्रस्ताव थियो त्यो। बुझ्नै गाह्रो हुन्छ केटीहरुको मन। उ त फेरि अम्रिकाने भई सकि, लन्चलाई जाऊँ भन्दैमा रोम्यान्स गर्न खोजेकी त होईन होली। रिसायिन् पो होली कि मैले नाईं भन्दा? केटी त च्वाँकै थिईन् फेरि। अलि अलि नेपाली जस्तो पनि। फिलिपिनोहरु त खल्ली हुन्छन् रे भन्थे राजुले (राजु, रमेशको साथी एस एल सि पछि फिलिपिन तिर पढ्न गएको),” यस्तै यस्तै कुराहरु मनमा खेलाउँदै रमेशले क्याफेटेरिया, म्याथ क्लास, अनि फेरि बेलुकीको केमेस्ट्री क्लासको समयहरु बिताए। त्यही पहिलो English class को परिचयमा रमेशलाई थाहा भई सकेको थियो जेन्नी चाहिं अमेरिका मै हुर्केकी रे ४ बर्षको छँदा देखुन्, उनका प्यारेन्ट्स् चाहिं दुवैजना फिलिपिनका रे। क्रमश:
Read Full Discussion Thread for this article