Posted by: Birkhe_Maila November 29, 2006
Login in to Rate this Post:
0
?
मेरो बस्ति जाने रेल-
टाढा टाढा बिरानो अनकन्टारमा कतै,
म-
मेरो बस्तिको पर्खाईमा
२४ घन्टे जड्याहा जस्तो,
यता उता डग्मगाउँदै
भौँतारिईरहेको हुन्छु।
बलौटे जमिनमा
मध्यान्हको तातो घामले सेकिएर,
आफ्नै छायाँको शीतल खोज्दै गरेको हुन्छु!
त्यतिबेला कुनै पल-
मेरो बस्ति जाने रेल,
छुक् छुक् गर्दै मेरो अगाडि रोकिँदा,
एक पल खुसिले आफैँलाई सम्हाल्न सक्दिन
र केहि बटुल्न थाल्छु;
शायद केहि सामानहरु!
शायद अरु खुसिहरु!
या शायद अरु व्यथाहरु!
अलमल! अलमल! धेरै अलमल!
कुबेलाको बिश्राममा म निदाउँछु!
बिउँझिदा;
मेरो बस्ति जाने रेल;
बेआवाज-
पर टाढा कतै बग्दै गरेको देख्छु!!