Posted by: Ok November 28, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाफ माफ गरे है! आत्मकथा-ओके भाग २ खण्ड ४४ २०५२ साल असोज महिनाबाट मेरो बिईको पढाई शुरु भयो। केही महिनाभित्र नै मैले फेरि होस्टेलमा बस्न पाएँ। ओभरसियर पढ्दाको जस्तो गा-हो भएन, बिई पढ्नचाहिँ। ट्युशन पनि पढाउनु परेन, ईञ्जिनियरींगको कामवाट नै आफूलाई चाहिनेजति खर्च जुटाउन जेनतेन पुग्यो। अलिअलि गरेर फुर्मासी गरेर अन्य साथीहरु जस्तै चाहिनेजति सबै टेष्टवुकहरु किन्न, नयाँ नयाँ कपडा फेर्न, हप्तैपिच्छे फिल्म हेर्न जान, पाटनढोकाको छ्याङ पसलमा गएर नियमित जस्तो जाँडरक्सी खान त के पुग्थ्यो र, तरपनि दुखजिलो पढ्न र आफैँले पकाएर खान खर्च टुमटुम हुन्थ्यो। भाइबैनी चाहिँ पढ्नै पाएनन्, दुबैजना गाउँमै खेति किसानी गरेर वसे, आमालाई काम सघाए। दिनहरु वित्दै गए। मञ्जु र मेनुका पनि आईए पास गरेर ब्याच्लर्स पढ्न थालेँ, पद्मकन्या क्याम्पसमा। ब्याचलर्समा दुवैले मेजर म्याथ र ईकोनोमिक्स पढे। दुवैको पढाई पनि उस्तैउस्तै थियो, दुवैजना पास चाहिँ गर्थे तर राम्रो नम्बर ल्याउनचाहिँ सक्तैनथे। मञ्जु उनकै मामाको घरमा बस्थिन्, मेनुका आफ्नै घरमा। मञ्जुको मामाको घरमा मेरो आउजाउ थिएन तर मेनुकाको घरमा दिनहरु वित्दै जाँदा वाक्लिँदै गईरहेको थियो। तरपनि मञ्जुले मलाई वाक्लै फोन गर्थिन्, पुल्चोक होष्टेलमा। कहिलेकाहीँ माईजुको आँखा छलेर घरैवाट गर्थिन् तर धेरैजसो चाहिँ नजिकैको सार्वजनिक टेलिफोन वुथवाट। मेनुकाले पनि मलाई धेरै फोन गर्थिन्। कुनै ईमर्जेन्सीकाम वाहेक म चाहिँ फोन गर्दिनथेँ, दुवैलाई। मञ्जु प्रायजसो सबै बिदाहरुमा घर जान्थिन्। म चाहिँ दशैंमा जान्थेँ घर, जाडो विदामा चाहिँ जान्नथेँ। दशैँमा हामी गाउँका धेरै साथीहरु मिलेर रमाईलो गर्दै जान्थ्यौँ। मञ्जुसँग घर जाँदा मलाई बाटो हिड्न पनि गा-हो हुन्नथ्यो। समयसमयमा दुबैसँग भेट हुन्थ्यो मेरो। धरैजसो वेग्लावेग्लै र आकलझुकल चाहिँ सँगै। तीनैजना सँगै भएका बेलामा चाहिँ पढाईका गफ हुन्थे। वेग्लावेग्लै भएका वेलामा चाहिँ अरु गफहरु पनि हुन्थे। पद्मकन्या क्याम्पस नजिकैको विमला स्विट्स होस् या न्युरोडको नेपाल डेरी। नयाँबानेश्वर चोकको चाट हाउस होस् या नयाँ वानेश्वरकै क्याफे। कुपन्डोलको मितेरी रेष्टुरेन्ट होस् या थापाथलीको रामभन्डार। यी हाम्रा भेटघाट र गफगाफका स्थानहरु थिए। विमला स्विटस् र वानेश्वरको चाटहाउसमा जान्थ्यौँ प्रायजसो, मञ्जु र म मात्र हुँदा। नेपाल डेरी र क्याफे नै जान्थ्यौँ, मेनुका र म चाहिँ। दुबैले मलाई कहिल्यै पनि पैसा तिर्न दिएनन्, हामीले खाएको। आकलझुकल मञ्जु र मैले खाएका बेला चाहिँ म पनि तिर्थेँ, जवरजस्ति गरेर। तर मेनुकाले त कुरै पर्न दिन्नथिन्। गोदावरी, नगरकोट, सुन्दरीजल, गोकर्ण, बालाजु, बुढानिलकन्ठ, त्रिभुवनपार्क, जाउलाखेल चिडियाखाना हाम्रा गन्तब्यहरु थिए, भेटघाट र गफगाफका। मञ्जुसँगका भेटहरु तुलनात्मक रुपमा सिरियस हुन्थे, मेनुकासँगका चाहिँ रमाईला। मेरो व्यक्तिगत कुरो गर्ने हो भने चाहिँ मेरो मन मञ्जुलाई भेट्न पाउँदा निकै रमाउँथ्यो, कहिले भेटौँ कहिले भेटौँ जस्तो लाग्थ्यो। भेटेका दिन मनै हलुका भएर आँउथ्यो। मेनुकालाई पनि मैले राम्रै स्थानमा राखेको थिएँ। काठमाण्डौको धनि परिवारमा जन्मेर पनि मलाई उनले गरेको सहयोगले म उनीप्रति आभारी थिएँ। उनले भनेको कुनै कुरा पनि काट्न उचित लाग्दैनथ्यो, उनको इच्छा विपरीत केही पनि गर्दिनथेँ। चारबर्षे बिई पढ्दाको अबधिभर दुबैसँग मेरो राम्रै रिलेशन भयो। न त कसैले कसैलाई प्रेम प्रश्ताव राख्यो, न त हाम्रो एकआपसका मन भित्रका कुराहरु राख्यौँ। मलाई मञ्जु अति नै मन पर्थ्यो। मेनुकाले पनि उनको व्यवहार अनुसार उनले मलाई मन पराउने जस्तो चाहिँ लागेको थियो, तर पूरा थाहा थिएन। मलाई मेनुका ठीकै लाग्थ्यो तरपनि मञ्जुको अगाडि उनी दोस्रो नम्वरमा नै पर्थिन्। साझाल्याण्ड, ११ मंसिर २०६३
Read Full Discussion Thread for this article