Posted by: Rahuldai November 28, 2006
Nepal Samacharpatra
Login in to Rate this Post:     0       ?        
हाइ -नानु जी, वास्तविकता अर्कै छ, समाचार पत्रको । कस्को पैसाले, कसरी चलाइराख्या छ, बुझ्नु जरुरी छ । पहिला पहिला २०-२२ बर्ष पहिला कामना भन्ने पत्रीका किनेकोथ्यो अहिलेको सम्पादक महोदय ले । काम गर्ने जम्मै पुराणाइ राखेर चलायो, पछि आँफै सम्पादक बने ( तेती बेला कुनै पत्रकारिताको अनुभव थिएन । खूब चल्यो त्यो कामना भन्ने । प्रजातन्त्र पछि कान्तिपुर को लोकप्रियता बढ्न थालेपछि आजको सम पत्र भनेर निकाले । यती हरिबिजोग भयो कि दिन मा ५० हजा सम्मा घाटा मा चलायो ?पछि पो थाहा भयो, देशमा प्रजातन्त्र मास्ने सुनुयोजित चाल अन्तर्गत हाम्रा माइला ठकुरिले आफ्नो खल्तिको पत्रीका बनायो । बिचरा जनता लाई भित्री कुरो के थाहा ? बिज्ञापन कान्तिपुरको भन्दा आधा पैसा म हुन्थ्यो, तैपनि बिजोग । ज्ञानेको शासन काल मा मात्र दरबारिया थिएन त्यो पत्रीका त्यो भन्दा धेरै पहिला देखि नै थ्यो त्यो । त्यो पत्रीकाको सम्प महेन्द्र बिष्ट ले जागिर नै छाडे । अनेक कुरा छन्, भन्नु हुने न हुने । पछि भनौला, आज लाई अस्तु!
Read Full Discussion Thread for this article