Posted by: gaalab November 27, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
तुसारो र घाम रातभरि अँध्यारोमा, रातभरि चिसोमा उकुसमुकुस हुँदै, सिउ-सिउ हुँदै सहनको पराकाष्ठा पार गर्नै लागेको बेलामा, आइपुगेको यो घाम, (ल्याइएको यो घाम) आज आकासमा ढिलढिलमिल उत्रँदै गरेको देख्दा पनि अँझै डर लाग्छ, 'कतै यो ढिलमिलाउँदै आएको बाटो नै फर्कने त हैन?' हाम्रो जीवन घामकै उर्जामा अडेको छ! तैपनि, आकाशमा यसलाई दुई पल देखेपछि, हामी बिर्सन्छौं तुसारो खपेको पीडाहरु हामी बिर्सन्छौं घाम ल्याइपुर्याउन पोलिएका डामहरु, र कल्पना गर्न थाल्छौं 'यस्तो गर्मी घामभन्दा तुसारै ठीक! कमसेकम डढेर त मरिंदैनथ्यो।' अनि जन्म दिन्छौं, (पटक पटक दिई पनि सक्यौं) बादल र कुहिरोलाई, तुसारे रातलाई र, न्युमोनियाले ग्रस्त भैसकेपछि आफैंलाई धिक्कार्न थाल्छौं "तुसारे रात भन्दा त उज्यालो घाम ठिक, कमसेकम न्युमोनियाले त मरिंदैनथ्यो" अनि फेरि एकपटक महसुस गर्छौं, "हाम्रो जीवन घामकै उर्जामा अडेको छ!" र, पसिना फाली-फाली, रोई-कराई फेरि त्यही घाम खोज्न निस्कन्छौं।
Read Full Discussion Thread for this article