Posted by: Birkhe_Maila November 27, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
तुषाराहरु- तुषाराहरु, मेरा कल्पनाका ओसलाई कण कण गर्दै, चिस्याउँदै जान्छन्! यथार्थहरु, जुन मलिलो देखिँदै थिए हिजो सम्म; राट काट्न नपाउँदै कठाङ्ग्रिने पत्र पत्र सबै सेताम्य!! चौर भरि, पात भरि मनका कन्दरा कन्दरामा, आँत आँतमा खात का खात तुषाराहरु, यथार्थलाई चिसो, ठि्र्रयाउने ढिक्का बनाईदिन्छन्; र त तुषाराहरु आँत बाट, मन बाट बर्षिन थाल्छन्!!
Read Full Discussion Thread for this article