Posted by: Poonte November 22, 2006
चौतारी ३२
Login in to Rate this Post:     0       ?        
ए! ए!! ए!!! गुन्टे भान्जा महाराज! मामाको चर्तिकलामा नजर लाउन चौतारीमा सवारी होईबक्सेको त होईन? उता दिज्यु महारानीले हजुरलाई ज्यूनार गराउन खोजीबक्सिंदै छ! ज्यूनार गरेर सुकला होईबक्सिने टाईम भयो रे! कस्तो मीठो मीठो सपना नजर हुने होला हजुर फेरि सुकला अवस्थामा। झट्टै सवारी होस् रे! अब त लाऽऽऽऽऽऽमो सप्ताहान्त परो के रे, सफर गरिन्छ, २-४ दिनलाई बिदा पाम् है चौतारीबाट पनि! भन्नु मत्र त हो नि! यसो उसो मेसो मिला'र नचियाए त खाकै नपच्नि होला फेरि आफ्नो! अनि ठुल्बुईनी कति दिनलाई जान ला' हो नेपाल? यता चौतारी जमघटको बेलाँ तिमी चईं उतै पर्ने हो कि के हो? झन् बुईनीहुरलाई भुनेर जेरिकिनको टप सप किनेर राखिद्या' त! अनि के रे, सबलाई था' भो होला निस को हो भन्छन् बा! मुलाई त था' छैन है! भन्दिम् न बरु कसैले! मलाई शंका ला' चईं कि मिस्टे हो, कि रिकुटे। खैर, रिकुटे नि हाम्रै पुराना सिरे कि भउते जस्तो लाऊँथो के रे मुलाई त! अन्खेरुन्, कुम्ले! तो परोगामको भिडिओ त म संग छैन केरे, अरुसंग भा' भे था' भएन। बरु चौतारी जमघटाँ आम् के रे, अनि लाईभ नै सुनाईदिम्ला नि गाईने गीत!
Read Full Discussion Thread for this article