Posted by: gwanche November 18, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
शहर गएको पनि बेकार भो ! साला........, न क्याम्पस पढ्न पाइयो न त पैसा नै कमाउन पाइयो । यो बर्ष त मेरो भाग्यको लक नै खराब छ जस्तो छ अथवा समयको ट्याम नै यस्तै हो कि ! मार्कसिटाँ नि चारटा तारा पाइयो झन पैसा ठग्यो भुनेर दिउसै रन्ङी बिरन्ङी तारा नि देखाए शहरका मुन्छेहरुले । यस्तै पुराना कुराहरु सोच्दै मास्टर्नी दिदिको खेतमा धान काट्न सयोग गर्दैथे (यस्तो झारपात काम गर्न मन त काँ छ र तर मास्टर्नी दिदिले अस्ती हाम्रो खेताँ धान काट्न सयोग गरेकी रहिछिन्, म शहर गा बेला, अनि त आज बाले घोक्र्याएर ल्याइहाले नि खेताँ) । "ए ग्वाँचे, झट्टै माथि आइज त, तसँअ जरुरी काम छ । " तल्लाघरे हुलाकी काकाले माथि आलिमा उभिएर घोक्रो फुलाएर बोलाउँदा पो झसँग भएँ । फेरी आयो यो मोर्न नसकेको असत्ती बुढो ! हैन गाम्का साप्पै बुढाहरुलाइ काल आउँछ्, यो बज्यालाइ चाँही किन आउँदैन होला ? आज फेरी कता पठाउने हो आफ्नो त्यो चिट्ठीको धोक्रो बोकाएर । सरकारको तलप चाइ यो मोरोले खान्छ्, आफ्नो भन्दा बढी काम मलाई गराउँछ । फेरी यस्की बुढी बिरामि भइ होली, या यस्की काइँली छोरीको नन्दको एक मात्र दाइको बाउको बुहारीको सासुको सम्धिनीको काइँली छोरीले तेस्रो बच्चा पाइ होली । न यस्की सासुको स्रादे छ कि अथवा फेरी यस्को भैंसी ब्यायो ? मलाई काम लाउने कम्ती बहाना छन योसँअ । लौ चिट्ठी मात्रै बाँड्ने काम भे त केइ थेन्, कैले काइ हो, मान्छे नै मान्छेको काम आउँछ्, जिउँदको जन्ती मर्दाको मलामि भन्ने त उखानै छ । याँ त कुरै अर्को पो छ त....... गाम्मा चिट्ठी बाँड्न गयो, १० मा ९ जनालाइ त पढेर नि सुनाउनु परो । फेरी चिट्ठिमा के लेख्या हुन्छ के, बाहिरबाट था हुँदैन । खोलेर पढिसकेपछि नराम्रो समाचार भे मलाई नै सराप्छन । तेत्ती मात्रै भे त लौ ठिकै छ भन्नु हुन्थ्यो, चिट्ठी पुर्याउन जाँदा त ज्यान नै हत्केलामा राखेर हिंड्नुपर्छ । त्यो पल्लो गाम भयन्कर डेन्जर छ भुन्या, गएको मैना नि हुलाकी बुढाको माइली छोरीले जुम्ल्या बच्चा पाइ भुनेर त्यो चिट्ठीओ बोरा मेरोमा छोडेर गै हाल्यो । बाँड्दिउ न त चिट्ठी भुनेर पल्लो गाम ग'को, बज्याहरुले समाएर पाता कसिहाले । त बज्या याँका तरुनिहरुलाइ साइड हान्न आउने भन्दै साफ दि' हालेनी । बल्ल बल्ल बाँचेर सम्म आइयो । अझ तेस भन्दा पैला नि बज्या कुन्नि के बहाना बनाएर चिट्ठिहरु छोडेर गै हाल्यो (मोरासँअ बहाना नि कत्ति छन् कत्ति, सँसारको सप्पै काम यसैलाइ पर्छ)। था' थेन् पैला, तेसमा पुन्टे दाइले जुरेलिलाइ लेखेको चिट्ठि नि रैछ। कुरा सोच्दा नि जिउमा काँडा उम्रीन्छन्, त्यो बज्या राक्षस् जेठान्ले तेतिबेला दे' को राम धुलाइ .......... । तेस् पछि फेरी भौतेले गरेको स्वागत ( ? ), दुस्मनलाइ नि त्यस्तो नपरोस् । तै तेत्तीनै बेला भौतेलाइ छेर्पाटी लागेर मात्रै बचियो नत्र ऐले रम्भा, उर्बसीहरुसँअ लुकामारी खेलिराखिया हुन्थ्यो ! "हैन झन हतार छ भन्छु, छिटो मुन्टे न बज्या, मलाई पल्लो गाम नि जानु छ ।" बुढा फेरी कुर्लिन थालिहाल्यो । यै धान काटीर'को हँसियाले तेइ छप्काइदिउ अस्तो ला' थ्यो तर पनि होस् यो बुढासँअ के निउ खोज्नु भुन्ने सोचेर माथि उक्लिन थाले । "बज्या, यत्ती तीन कान्ला उक्लिन नि सगरमाथा चढ्न भन्दा नि गार्हो मानेर आइस् नि । ला काठमाडौं बाट तेरोलागि एउटा चिट्ठी अनि एउटा पार्सल आ'छ" चिट्ठी र एउटा पोका मेरो हात्मा राखेर कुदिहाल्यो बुढो, पक्कै नि आज त हतार नै छ जस्तो छ । चिट्ठी हेरेको, मैले काठमाडौंमा काम गरेको रेस्टुराँको मालिक्ले लेखेको रैछ, खाम बाहिर नै तेस्को अनि रेस्टुराँको नाम छपिएको थियो । सालेहरुलाइ तेत्रो बेजत गरेर भएन फेरी पक्कै त्यो रेस्टुराँको पैसा तिर भनेर अदालतको कागज पठा'को हुनुपर्छ । यत्रोss तिर्छ पैसा, आफुले बदमासी गर्या भे पो हो त, खा'को बिस् पो लाग्छ त नखा'को बिस् नि लाग्छ र् ! तेस्को पैसा त तिर्या तिरेइ हो, तेइ मोरा तीनजना असत्तीहरुसँअ लिओस् नि पैसा, भन्ने सोचेर तेस्को चिट्ठी र त्यो पोका तीन कान्ला मुनी हुत्याइदे । "हन के भो ए ग्वाँचे, के फालेको यो ?", त्यो चिट्ठी र पोका उठाउँदै मास्टर्नी दिदिले सोध्नु भो । "त्यो रेस्टुराँको साउले अदालत्को कागअज पठा' अस्तो छ तेइ भेर हुत्याइदे मुइले त" "ग्वाँचेको ग्वाँचे नै रहने भइस् त त ! अदालत्को कागज भे त झन राम्ररी हेर्नु पर्छ नि, तेस्पछि के गर्नु पर्छ गरौँला हामीहरु पनि, हाम्रो चौतारी गाम्को पञ्चायत्को नोटिस् नि पठाम्ला त्यो साउलाइ । यसरी तैले अदालत्को कागज फालिस् भने १०-१२ दिन पछि पुलिस् आएर पक्रेर ला ला अनि था' पाउलास् मोरा !" मास्टर्नी दिदिले सम्झाउनु भो । "ल सुन के लेख्या रैछ" "परम आरदणिय मान्यबर श्री ग्वाँचेज्यु, सादर अभिदबान्! सप्पैभन्दा पैला तपाइसँअ माफि माग्न चाहन्छु, अस्ति हाम्रो दर्बारमार्गको रेस्टुराँको इनचार्जले तपाइ प्रति गरेको दुर्ब्यबहारको लागि। मेरो माफि स्विकार गरेर, त्यतिबेला आबेशमा आएर् हाम्रो स्टाफबाट जे भयो त्यस्को हामीलाइ प्रयासचित गर्ने मौका दिनुहुनेछ भन्ने आसा गरेको छु । हाम्रो रेस्टुराँमा जडान गरिएको क्लोज सर्किट क्यामेरा (खै के भन्न खोज्या होला ?) मा हेरेर पछि सप्पै कुरा थाहा पाइयो । त्यो दिन तपाईंले भनेको कुरा साँचो रहेछ । ती केटाहरु साँचिकै बदमाश रैछन । हिजो मात्रै इन्टरपोलबाट खबर आएको थियो, एउटा दार्जिलिङतिरको भाइलाइ नि ठगेछ्, तीनैहरु मध्यै एउटा केटाले, अम्रिकामा, तेस्को पालो पुलिसमा खबर गरिदिहालेछ । अनि त एन. वाइ. पि. डि.(के भन्न खोज्या होला, बुझे मार्दिनु) ले अनुसन्धान गर्दा भयन्कर तथ्य पो थाहा भे'छ । त्यो निस् भन्ने केटो त नेपाल्बाट नक्कली पासपोर्ट बनाएर मान्छेहरुलाइ अमेरिकामा काम मिलाइदिन्छु भनेर लाने रहेछ । त्याँ पुगेसी त सप्पैको पैसा सैसा, पास्पोर्ट लिएर टाप कस्दो रैछ । त्यो अर्को बागपाटे प्यान्ट लाउने केटो नि तेइँ रैछ, तेस्को सहयोगी । फेरी त्याँ अम्रिकाँ निल दाइ भन्ने मान्छेको घरमा त्यो निस् बज्याले जाँडको नसामा सप्पै कुरा ओकालेको रहेछ । उता हितेश भन्ने केटाको डाइरिको पाना नि भेट्टे छ्, यो घटनाको बारेमा लेखेको । तपाईंलाइ बेइजज्त गरेर निकालीसके पछि तपाईंको दाइको घरपट्टिको भातिजा नि आउनु भा'थ्यो, उनले पनि तेइ बज्यहाँरुले बदमासी गरेका हुन भनेर सप्पै कुरा बिस्तारमा बताउनुभयो । कुरा त भयन्कर रहेछ, त्यो तीन जना केटाहरु मात्रै होइन्, तेस् दिन तिनिहरुको होल ग्याङ नै त्यही रैछ । त्यो तेस्रो टेबुल्मा बसेका बाङ्गे, डिस्को, सुपारि, लाटे, नोर्बु, भन्ने केटाहरु तीनिहरुकै साथीहरु रहेछन । तपाईंलाइ बियरको बोटलले नि हानेका रहेछन, तीनिहरुले, तर धन्य तपाईंले ज्याकी च्यान स्टाइलले छल्नु भएको रहेछ । त्यस्को लागि नि धन्यवाद, तपाईंले आबेसमा आएर त्यो मोराहरुलाइ धुलो बना'को भे हाम्रो रेस्टुराँमा झगडा भयो भनेर नराम्रो रेपुटेसन रहन्थ्यो । फेरि तिनिहरु मध्यैको एउटा खाते त त्यो दुइ जना केटिहरुले सिङान पुछेको न्याप्किन फिर्ता गर्ने निउ बनाएर कालो टेम्पुमा फलो गर्दै तिनिहरुको घरसम्म पुगेछ, पक्कै नि घर हेरेर कोइ न भएको मौका पारी केइ समान उडाउने दाउ हुनुपर्छ, ट्यापे मोराहरु ! अहिले माओवादीले काठमाडौंका सप्पै मैँ हुँ भन्ने दादाहरुलाइ पक्रीदा पो सप्पै कुरा खुल्यो त । त्यो तीन जनालाइ पनि समाउने भनेको अमेरिका भागीसकेछन । तपाईंलाइ गरेको दुर्ब्यबहारको लागि एकचोटि फेरी म आफ्नो तथा हाम्रो रेस्टुराँका सप्पै कर्मचारीहरुका तर्फबाट माफि मग्दछु । तपाईंलाइ गरेको दुर्व्यबहारको प्रयासचित स्वरुप हामीले तपाईंलाइ सम्मान गर्ने निर्णय गरेका छौ र तेइ भएर तपाईंलाइ सम्मनको रुपमा यही चिट्ठीसँगै पार्सलबाट दोसल्ला पठाएँका छौ, कृपया त्यो दोसल्ला र सम्मनपत्र ग्रहण गरी हामीहरुमाथि कृपा गरिदिनुहोला । फेरी हाम्रो बोर्डले निर्णय गरे अनुसार अब देखि हामीले तपाईंलाइ हाम्रो रेस्टुराँको मानार्थ सदस्य बनाइएको समाचार सुनाउन पाउँदा खुशी लागेको छ्, अब तपाईंले जतिबेला आए पनि हाम्रो रेस्टुराँका सम्पुर्ण सेवाहरुमा ४०% डिस्काउन्ट पाउनुहुनेछ । धन्यवाद! तपाईंको सदा भलो चाहने, श्याम पक्षपति भाङ्लो चेन अफ रेस्टुराँ काठमाडौं (पि.एस.: त्यो दिन पैसा नतिरेर बदमासी गर्ने ३ जना केटाहरु तथा तिनिहरुका हाँडिगाँउतिरका सप्पै कुन्डले साथीहरुलाइ काठमाडौंका सप्पै रेस्टुराँहरुमा जान प्रतिबन्ध लागाइएको छ । तपाईंले तीनिहरु सबैको फोटो हरेक रेस्टुराँको इन्ट्रान्समा देख्नु हुनेछ, रातो कलरको क्रसले काटिएको । यदि तपाईंलाइ उनिहरुको बारेमा केही थाहा भए नजिकैको पुलिस् चउकिमा खबर गर्नुहोला । उनिहरुको खबर (चिट्ठी, फोटो, कथा, कबिता) झोलामा हालेर ल्याउनुहोस्, तेइ झोलामा खन खन पैसा भरेर लानुहोस् । धन्यवाद ।)" मास्टर्नी दिदिले चिट्ठी त पढिन्, के भन्न खोजेको हो पस्पति नाथले भस्म्, बुझ्या हैन । यो नाथे खास्टो जस्तो कपडा नि किन पठा' हो खै ? हाम्रो गाम्मा त खास्टो केटीहरुले मात्रै ओढ्छन क्यारे । लौ न गाम्ले बा आमा, काका काकी, दाजु भाउजु, दिदी भिनाजु, भाई बुहारीहरु हो, यो भाङ्लोको साउ श्याम पक्षपतिले के भन्न खोजेको हो चिट्ठीमा, आसय खुलाइ पाम । फेरी फकाइ फुलाइ काठमाडौं बोलाउन खोजेको हो भने तेस्को शहरलाइ इssssssssssssssस्स्! ................................. ;-) ........................... ((((((( कहाँबाट कहाँ पुगिसकेछ यो कथा। कृपया यो टुक्रालाइ मनोरन्जन्को रुप्मा मत्रै बुझिदिनुहोला। चौतारीको उद्देस्य कसैप्रति ब्यक्तिगत् लान्छना लाउने होइन् तसर्थ यदि यो टुक्राले कसैको सम्मानमा आँच पुग्न गएमा हात् जोडेर माफि माग्न चाहन्छु। ब्यक्तिगतरुपमा, तितौरीको कथालाइ बङ्याउने दुस्साहस् गरेकोमा आइ एम् सरि। मेरो तर्फबाट् निशान्त, समिधा र समिधाको फुफुको छोरिसँग टाउको निहुर्याएर माफि, वान्स अगेन आइ एम सरी !!!!!! )))))))))
Read Full Discussion Thread for this article