Posted by: Rahuldai November 17, 2006
Melamchi Drinking water Project of Nepal
Login in to Rate this Post:     0       ?        
गजब छ, साझाका मित्रहरुको बिश्लेषण हरु । आफू बाहेक सबै चोर देख्ने दोषी नजर छ हाम्रो । मेलम्ची को कुरा गर्दा ज्ञानेको चम्चाहरुले भने जस्तै कुनै घोताला भाको छैन । ए डि बी को रिपोर्ट हेरे पुग्छ । कुरो के भाको स्पश्ट छ, हानेल को नेको भन्ने कोरियान कम्पनीले तोकिएको समय सीमा भित्र १४ % मात्र काम गरेको वा हुन सक्ने देखिएकोले ठेक्का शर्त अनुसार पट्क पट्क चेतावनी दिंदा नि काम नगरेको लेठेक्का तोदिएको र ठेक्का सम्झौता अनुसार त्यो कम्पनिले नयाँ ठेक्का मा हुने हानी नोक्सानी समेत ब्यहोर्नु पर्ने थियो । जस अनुसार् नयां ठेक्का मा बढ्न गयेको झन्दै ४० करोड् रुपैंया तिर्नु पर्ला भनेर शाही नातेदार् भौतिक योजना मन्त्रालयका उप सचिब( इन्जीनियर्) लाइ मेलाम्चि योजनाखारेज गर्न सुनिन्छ, १० करोड मा जिम्मा दिएको रे ।तेही ताना बाना बुनेर शाही आयोगा ले डेउबा, प्रकाशमान लगायत लाइ थुने । कोही पनि प्राबिधिक ज्ञान भाकाले त्यो मुद्दाको हिसाब किताब हेरे हुन्छ । मेरो भन्नु को अर्थ यो होइन कि देउबा प्रकाश मान आदी इत्यदि चोखा थिए वा कुनै किसिम को नजराना लिए लिएनन भगवान जानुन । स्पश्ट के थियो भन्दा, यो मुद्दामा कुनै अदृश्य शक्तिले मेलम्ची तुहाउन चाहन्छ । उनिहरु सफल नभए नि मेलम्ची ले ठुलो सेट ब्याक भोग्नु पर्‍यो, पल पल को मुल्य हुने प्रोजेक्ट मा महिनौं सम्म कुनै काम भएन्, कोही पनि जोखिम मोल्न तयार भएन । जहाँ सम्म मेलम्ची कहाँ सम्म पुग्यो भन्ने कुरो छ, नेपाल सरकार को लगानी म हुने काम जस्तो सड्क बनाउने, जग्गाको मुआब्जा दिने , जग्गा उपलब्ध गराउने काम केही बाकी छ, जङगली मित्रहरुको तात्कालीन आन्दोलन को कारण पनि काममा प्रगती नभाको भन्नु पर्ला । पुल बनाउन र सडक खन्न धेरै ठाम मा बारूद चाँहीन्थ्यो, तर तात्कालीन कारण ले बारुद लान लग्न सकिएन । यो मेलम्ची सारा नेपालीको हो । काठ्माण्डु बासिको मात्र सरोकारकोबिषय होइन । पानी जीवन हो, अहिले को अभावमा जिन्दगीको गीत कसरी गाउने? रात बिरात पानीको लागि चिन्ता मुक्त केहिरात लाई नि अनिदो बिताउने? आन्दोलन पानी को हुनु पर्ने हो, आन्दोलन सम्मानपूर्वक जीवन जिउनको लागि हुने पर्ने हो । भएन, दुख्ख लाग्छ । हावा आउने धाराको शुल्क तिर्नु पर्छ, तिरिरहेछन काठ्माडौंका निरही जनताहरु । काठ्माडौंको हालको अनुमानित जनसन्ख्या कारीब ३७ लाख मानिन्छ, र जन गणना अनुसार आज को दिन सम्मको प्रोजेक्शन गर्दा पनि ३जिल्लाको कूल सन्ख्या १४ लाख भन्दा बढी छैनन । अब भन्नुस्, काठमाडौंको पानी को चिन्ता कस्ले गर्ने र कसले सुन्ने ? जलश्रोतमा दोश्रो धनी मुलुक को राजधानी आज काकाकुल छ, मेलम्ची को परखाइ मा ब्याकुल छ काठमाडौं । देश मा शान्तिको धुमिल छायाँ देखिन थालेको छ, काठमाडौंको माया छ भने अझै मेलम्ची मरेको छैन, कोमा मा छ, देशी बिदेशी दाताहरु झोला भरि पैसो राखेर बसेको छ, सबै प्राबिधिक कागजातहरु तयार छन्, केवल खोजी छ त इमान्दार प्रयास् गर्ने कर्मठ हात हरु । अस्तु!
Read Full Discussion Thread for this article