Posted by: Poonte November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
“आँच, ब्रोलाई कति बेसि फोन गर्दा नि भेट्टाउनु नै सारो भा’ छ कि आजकाल, फोन को उत्तर नि दिंदैन हो ब्रो त आजकाल! आमामामामा सारो बिजि छु भनेर देखाउनु खोजेको? लु, ज्यादा ईम्पोर्ट्यान्ट् चाईं पल्टिने होईन ल आबो! छिटो भन्दा छिटो फोन गर कि मलाई, नत्र फेरि रड्डी हुन्छ। एउटा मज्जाको कुरा भन्नु छ। लु, भाउजुलाई नि लभ सुनाईदेउ ल, ब्रो? लेटर्स्!” रायनको मेसेज सुनें भोईस् मेलमा। रायन (Ryan) चईं कता कालिम्पोङ् तिरको हो क्यारे। खास नाम त रण बहादुर क्षेत्री रे। उसको परिवार उसैको फुपुहरुले मद्दत गरेर धरान बसाईं सरेका। नेपाल हुँदा सम्म त साथीहरुले “रणे” भन्थे रे, अमेरिका आएसि ऊ पनि रायन भयो। ज्यादै मिजासिलो, रमईलो गर्न पर्ने, नेपाली भनेसि भुतुक्कै हुने रायन। हामेरु तास सास खेल्दा नि सँधै आउँथ्यो, मजा गर्न। खेल्न चाईं, “कहिले नि सिकिन कि, जुवाको नाम लियो कि हाम्रो आमाले त फेरि घरको दैलो खोलेर रास्तामा सुत्न पठाईदिन्थ्यो नि त! आमामामामा, आबो हाम्रो कालिम्पोङ्को जाडोमा, हो! कस्को भेजा फुस्केको हुन्थ्यो र रास्तामा सुत्न मन गर्नु? अन्त त बरु तासै छुन्न भनेर गोरखाल्यान्डको कस्सम् खाको नि त बच्चै हुँदा” भन्थ्यो। हुन पनि रायनले २-३ वटा मेसेजहरु त छोदेको थियो, तर तेस्तेई हो, आफू। कामै काम, कि त घरको काम, कि त कामको काम, अनि अलि अलि फुर्सदमा चौतारी धाम्! साथी भाईहतु संग यसो गफ सफ हुने भनेको तेई तासको खाल बसेको बेला मात्र, अकसर गरेर। यसपाली त के रैछ त्यो मज्जाको कुरा भनेर चौतारीलाई बिट मारेर भएनि फोन हानें रायनलाई। “आँऽऽऽऽऽऽऽऽऽऽच! आज चाईं न्यूयोर्कमा क्यालिफोर्नियाको डाईरेक्सनबाट घाम झुल्क्यो कि के हो? बिहान हेर्नै बिर्सेछु त! जे होस् तेत्तिस् कोटी देवताले आज चाईं मेरो पुकार सुन्देछ कि, आबो जानु पर्ला मन्दिर तिर लड्डु चढाउन। अनि, शिव भगवानले नि लड्डु खान्छ ब्रो? कि गणेशले मात्र हो? नत्र शिव भगवानलाई चाईं ईस्पेशल माल ताल हालेको लड्डु चढाउन पर्ला! हा हा हा!”, कलर आई डि मा मेरो नाम देखेछ क्यारे, “हेलो” पनि नभनि गयो रायनको भटटटटटट! केही बेरको साघरण के छ कसो छ पछि मैले सोधें के रहेछ उसको “मज्जाको कुरा” भनेर। “के नि ब्रो, अस्ति त्याँ Sam ब्रो को मा आको थियो नि नयाँ भाई! Meg (मेग्ना, Sam को जोई) भाउजुको भाई पर्ने के त? त्यो ब्रो त दामीऽऽऽऽऽऽऽऽऽऽ छट्टु रैछ कि…” “को? निस?” मैले बिचैमा यकिन गर्न सोधें। “होऽऽऽऽऽऽऽऽऽऽऽऽऽ! तेई ब्रो क्या, किङ्ग्स् वे को नाङ्ग्लोमा केटीलाई डेट लागेर ह्याप्स देको पैसै नतिरेर टाऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽप देको भनेर खूब धमास। लाउँदै थियो नि!,” हो, बिस के कुरा ग-या रे’छ रायनले। “के भयो त त्यो दिन?” भोलि पल्ट काम मा जानु पर्ने हुनाले म चईं चाँडै ने हिँड्या थिएँ त्यो साँझ। “काँ नि, ब्रो! त्यो भाई मेरो नजिकै बस्ने रैछ कि, अन्त घर आउने बेलामा हामी सँगै परेऊँ। भाईले अलि बेसि नै पिएको जस्तो नि थियो, हो! तर Mad Man (मदन) ब्रो र म मिलेर हेल्प गर्दै हिँडायेऊँ। सब्वे को इनट्रान्समा आऐ पछि त ब्रो त ट्याक्सी चढेर जाने भन्छ, हो! आबो, म्याड म्यान ब्रो टाँऽऽऽऽऽऽऽऽऽऽऽऽऽट थयो हो, तासमा हारेर, अनि फेरि मलाई चाईं य्सतो दामी सब्वे हुँदा हुँदै कहिले नि ट्याक्सि चढेर मरि मरि कमा’को डलरको खिसि गर्न मन लाग्दैन, हो!” “अनि?” “अनि के नि, ब्रो। म त के गरुम् गरुम् सारो चेपमा परेको थिएँ कि, तर म्याड म्यान ब्रो ले हामीसँग पैसा छैन भनेर प्याच्च भन्द्यो नि त! आमामामामामा लाज लागेर कि मलाई त! रड्डी छ यार Mad Man ब्रो, नयाँ मान्छेको अगाडि क्या देको नि! अनि त्यो निस भाईले, “हेत्तेरिका दाईहरु पनि! भाई भा’को के काम? आजै परिचय भयो, अब भाइको तर्फबाट ट्याक्सी ट्रिटबाट शुरु गरुम् भनेर त्याक्सिलाई बोलायो हो! Mad Man ब्रोलाई छोडेर हामी चाईं हाम्रो नेबरहुडतिर लागेऊँ कि, आमामामामामा बाटोऽऽऽऽऽऽ भरि क्या क्या भेजा फुस्किने गफ दिएको कि निस भाईले! त्यो नाङ्ग्लोको ईस्टोरी त केई हैन रैछ, ब्रो! के के गर्न भ्या रैछ उसले नेपालमा। उसको सातीहरु नि तेस्तै रे। एउटा साथी त नेपालमा हुँदा त आर्मीको त्यो टाटे पाटे जंगलमा लाउने पत्लुङ्ग हुँदैन? त्यो मात्रै लाइर हिँड्थ्यो रे कि! उसको र मेरो अपार्टमेन्ट बिल्डिङ् राईट नेक्सट टु ईचअदर रैछ, हो! सजिलो भयो भनेर सोंचेको त, काँ नि ब्रो! आँऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽच! दामी रड्डी गर्द्यो नि ब्रो ले! उसको बिल्डिङ् अगाटि पुगे पछि त यसो गोजी छामेको जस्तो ग-यो कि, अनि मुख पनि कच्याक कुचुक पार्दै, ‘शिट् शिट्’ भन्न थाल्यो कि। आमामामामामा, अब य्हाँ सम्म आएर त ब्रो को वालेट नै उता Meg भाउजुको मा छोडेछु पो भन्छ! के ग्रने कि, ब्रो? अब ट्याक्सि लिएर आईसक्यो, हो! पैसा त तिर्नै प-यो नि! नत्र फेरि मेक्सिकन ड्राईभरहरुले त ग्याङ् बोलाएर धुलोऽऽऽऽऽऽऽऽऽऽऽऽ पिठो पार्छन्त! मामा बोलाउने नि चलन छैन तिनीहरुको त! मलाई पो र्‌याग भयो नि ब्रो! आखिरमा मैले पो तिर्नु प-यो नि ट्याक्सीको पैसा!” “अनि सालेलाई फेरि भेट्या छैन त? झार्नु पर्दैन पैसा?” रिस उठेको श्वरमा सोधें। “काँ नि ब्रो! भोली पल्ट MEG भाउजुलाई सोधेको त, कस्सम् ब्रो! सुबास घिसिङ् दाजु कै कस्सम्, लौ! त्यो भाई त न्यू योर्क मै बस्दैन रे! के के बिजिनेस गर्न भनेर ३ महिनाको लागि मात्र नेपाल बाट आ’को रे, तेई दिन नेपाल फर्किने फ्लाईट थ्यो रे!। आम्बोऽऽऽऽऽऽऽऽऽऽऽऽ मलाई लास्ट रड्डी संग सेन्टिऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽऽफ्याट् पार्द्यो यार! बरु तेस्को नेपाल देखिको साथी, तेई जंगले आर्मीको टाटे पाटे पत्लुङ् लाउने चाईं, अमेरिका मै छ रे कि। भेट भईहाल्यो भने होस् गर्नुस् ल, ब्रो?”
Read Full Discussion Thread for this article