Posted by: dumer_bhansar November 17, 2006
Joshi & Khadka came clean!
Login in to Rate this Post:     0       ?        
More news on Joshi acquittal! http://www.enepalnews.com/1nov/16nov/5.htm भष्टाचारीहरुलाई फटाफट अदालतको सफाई इनेपाल न्युज डट कम कार्तिक ३० गते । अख्तियारले डामेका नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सांसद समेत रहेका पूरवमन्त्री गोविन्द राज जोशीलाई विशेष अदालतले निजका विरुद्ध दायर गरिएको मुद्धाको खारेजी गरिदिएको छ । विहीवार भएको वसेको विशेष अदालतका अध्यक्ष भुपध्वज अधिकारी तथा सदस्यद्धय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जवराको पूर्ण इजलासले उक्त मुद्धा खारेज गरिएको निर्णय सुनाएको हो । भष्टाचार निवारण ऐन २०५९ लागु हुदाका वखत मन्त्री जोशी कुनै पनि र्सार्वजनिक पदमा नरहेको यससम्वन्धि तहकिकात गर्नु नपर्ने भन्दै सो मुद्धालाई खारेज गरेको हो । अख्तियारले जोशीलाई पद तथा अख्तियारको दुरुपयोग गरी भष्टाचार गरेर चार करोड भन्दा वढी सम्पत्ति आर्जन गरेको अभियोगमा २०६० पुष २५ गते विशेष अदालतमा सो मुद्धा दायर गरेको थियो । स्मरणीय छ अख्यितारले जोशीको माइला ससुरा तथा साला सालीका नाममा समेत अकुत सम्पत्ति जम्मा गरेको सप्रमाण विशेष अदालतमा मुद्धा दायर गरेको थियो । हिजो भर्खर यही विशेष अदालतले नेपाली काग्रेसका अर्का नेता खुमवहादुर खड्कालाई सफाई दिएको थियो । सवोच्च अदालतका एक वकिलले नाम उल्लेख नगर्ने शर्तमा इनेपाललाई वताए अनुसार यी मुद्धा खारेजी र सफाई प्रकृयामा व्यापकमात्रमा आर्थिक लेनदेन भएको वताएका छन तर को कस्ले कति कति लिएका हुन त्यो भने तिनले वताउन चाहेनन् । मुलुकमा हिंसा हत्या र आंतकका मतियारहरुले माफी र सफाई पाए पछि अव भष्टाचारीहरुले पनि क्रमश माफि पाउदै गएका प्रति सच्चा लोकतन्त्रवादीहरु तथा नागरिक समाजका प्रतिनिधिहरु अच्चमित भएका छन ।
Read Full Discussion Thread for this article