Posted by: CaMoFLaGeD November 17, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
म चूप लागेर बसेको थिएँ। अब बोल्नै पर्ने भो। के गर्नु नबोले आफैँलाई अनि आफ्ना जिग्री दोस्तहरुलाई यस्तो खडयन्त्र गरेर दोष लाग्न थालेछी नबोलेर सुखै भएन। त्यो दिन: "कसैलाई के को धन्दा घर ज्वाइँलाई खानाकै धन्दा, कहाँ बाहिर जान लागेको मान्छे फेरि अर्को डेटमा सङ्गै आउछु भनेर बेकारमा", हितेशलाई म सेन्टी भाको मनपरेन जस्तो लाग्यो। "चूप लाग, तलाई के थाहा मनको कुरो, मनले भनेपछि भन्यो भन्यो", आफ्नो कुरोलाई सहि पार्न मैले मेरो मनलाई हतियार बनाएँ। "के को मन नि? अघि सम्म यहाँ आउन नि मानेको थिइनस, अहिले एक्कासी के भो तेरो मनलाई?" हिते जङ्गियो। "हत्तेरी! तिमेरु झगडा नगर न! ठिकै छ नि कुम्ले, अब खर्च बेहोर्छौ भने आउँला नि अर्कोपल्ट फेरी" निशान्तले जङ्गिएको हितेलाई सामसुम पार्दै मलाई भन्यो। "हो त! खर्च बेहोर्छु त भनेकै छु नि" मैले निधो गरिसकेको थिएँ। "त्यसो भए त्यहि खुसीमा फेरि अर्को जाओस न त" निशान्तले वेटरलाई इशारा गरेर बोलायो। त्यो एक दुई वटा टेबलको वेटरचाँहि जहिलेपनि एउटै मान्छे पर्ने हो कि के हो, उहि अघिको वेटर फेरि आइपुग्यो अनि खिसिक्क हाँस्यो हाम्लाई हेरेर। "के खाने नि?" मैले सोधेँ "खाने होइन, पिउने" हिते तम्सियो "पिउने? ल ल तिमेरु पिउनु, मैले त अहिले तँलाई घरसम्म पुर्याएर आफ्नो घर नि जानु छ, म चाँहि पिउदिन" म त त्यसै त्यो रूपको नशामा झुमिरहेको थिएँ त्यो बेला। "यस्ले पिउदैन, तिमी र म पिउने है त" हितेले भन्यो अनि वेटर तिर हेरेर अर्डर गर्यो, "दुईवटा कार्ल्सबर्ग अनि चिकेन चिल्ली दुई प्लेट" "हुन्छ" निशान्तले समर्थन गर्यो अनि मलाई हेर्दै भन्यो, "कुम्ले, दुई हफ्तापछि मेरो दिदीको बिहे छ, त्यहि भेटौला नि उनिहरु सङ्ग, कसो?" "यो यहि शुक्रबार उढ्दैछ बाहिर" हितेलाई मेरो सबै स्केजुल याद थियो। "त्यसो भए पर्सि मिलाउला नि हुन्न?" निशान्तले प्रोग्राम बनायो। "हुन्छ" म मख्ख भएँ वेटरले हाम्लाई अर्डर बमोजिम ल्याईदियो। निकै बेरको बसाईपछि वेटरले बिल लिएर आयो। मैले बिल हेरेँ। मेरो दिमाग खराब भयो। "यो सब के हो? अघि निशान्तको डेटकोपनि पैसा छ नि यसमा त", मैले वेटरलाई सोधेँ। वेटरले मलाई हेर्यो अनि फेरि मुसुक्क हाँस्यो मात्र केहि बोलेन। "हत्तेरी! यो कुम्ले नि सानो सानो कुरो दिमागमा लिन्छ, अघि भर्खर पाएको १०० डलरको के काम नि, फेरि पर्सी भेट्ने कुरो नि मिल्दै छ" हितेले मलाई उक्स्यायो। "ल ल ठिकै छ, त्यसैपनि मैले तिमेरुलाई भिसा लागेपछि ट्रिटपनि दिएको छैन, अब यसले सबै ब्यालेन्स गर्यो है त" भन्दै मैले खल्तीबाट २५०० रुपिया निकालेर त्यो बिल सङ्गै राखेर वेटरलाई "बाँकी पैसा तिमीले टिप्स राख्नु है" भनेँ त्यसपछि हामी सबैजना बाहिर निस्कियौँ। "खूब रमाइलो भयो नि आज?" हितेले झम झम भएको सुरमा भन्यो। "हो यार खूब रमाइलो भयो, आज त मेरो डेटपनि राम्रो भयो अनि त्यसपछि बिल नि तिर्नुपरेन, अझ तिमेरु सङ्ग यसरी बस्न पाइयो" निशान्तले थप्यो। "मलाई नि राम्रो भयो आजको दिन, कम से कम एउटा राम्रो अनुहार त यो मनमा सझाएर राख्न पाइयो" मैले नि हो मा हो थपेँ त्यत्तिकैमा पछाडीबाट कसैले दिएको धक्काले हिते भुइँमा पछारियो। "ए चित्रे! छिटो मोटर साइकल स्टार्ट गर" भन्दै एउटा मान्छे दौडिदै गयो। मोटरसाइकलमा बसेको केटाले मोटरसाइकल स्टार्ट गर्यो। त्यो दौडेर गएको मान्छे त्यसमा चड्यो। "अब त पैसा पुग्छ होला नि गिफ्टको लागी?" त्यो मोटरसाइकल कुदाउने मान्छेले सोधेको अलि अलि सुनियो। "अरे अरे! त्यो दौडिने केटा त अघिकै वेटर होइन र?" भुइँमा पछारिएको बेलामापनि हितेले उस्को अनुहार हेर्न भ्याएछ। समाप्त अहिलेलाई :P (क्रमश: यदि फेरि अर्को कथा लेख्न जरुरी भएमा :पि) :D
Read Full Discussion Thread for this article