Posted by: shubha November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
नमस्ते है सप्पैलै ! ग्वाँचेलै दु:ख दे'र ल्याको पैसाले चित्रेले ब्रासलेट किनेछ -- आदित्य =हितेश-‍‍‍=चित्रे (ग्वाँचे माफ पाम है कथालाई चौतारीसंग गासेर बंग्याइदेकोमा 'फ्रेन्डसिप ब्यान्ड' साच्चिकै राम्रो छ खुब मन पर्यो मलाइ) ************************************************ हात भरि रंगि चंगि चुरा धागो लगाउन रहर गर्ने स्नेहा सबजनाले हातमा मेहन्दि लगाउदा पनि मतलवनै नगरेर बसेको देखेर श्रीयाले भनिन 'ल स्नेहा तिमीलाई म राम्रो बुट्टा बनाइदिन्छु " "नलाउने मेहन्दि?" स्नेहा सुनेको नसुन्यै गरेर बसिरहेको देखेर उन्ले फेरी सोधिन । "होस मलाइ हात रंगाउनु छैन" उस्को कठोर आवाजले श्रीया झस्किइन्। "किन?" प्रतिप्रश्नले उ नजिकै आइ अनि चुपचाप हात अगाडि बढाइ उस्को रित्तो नाडि देखेर श्रीयादिले सोधिन्" खै त तिम्रो फ्रेन्डशिप ब्यान्ड?" "चुडियो"। उस्ले हेर्दै नहेरि एक शब्द मै कुरो टुंग्याई। "कसरी" भनेर सोध्न मननलागेको त कहाँ होर ? तर उस्को मलिन अनुहार देखेर चुप लागेर हातमा मेहन्दिलागाउन थालिन श्रीया। ************************************************** केहि दिनपछि------------- " दि!" स्नेहाले आखाँ छोप्दिदै भनि। "ल मेरो आँखा किन छोपिदे'को ।" श्रीया उस्को हात हटाउन खोजिन्। "हुदैन' । उस्ले हात बलियो बनाइ। उन्ले स्नेहाको हात छाम्दै गइन । हातले केहि स्पर्स गर्यो । "यो के हो ? खै देखाउ त ?" स्नेहाले बिस्तारै हात हटाउदै गइ "कहाँ पायो?" आश्चर्यचकित हुदै सोधिन श्रीयाले। स्नेहाको आँखामा खुशी र त्रास एकैपटक उर्लेर आयो। "साथिले दिएको" दवेको आवाजमा उस्ले भनी "यति महंगो?!! को साथिले दियो?" " "आदित्य"स्नेहाले भूइ कोट्टाउदै भनि। "फिर्ता गरभोलि"दिले संझाउदै भनिन " भरखर कलेज शुरु गरेको मान्छे संग यति महंगो ब्रासलेट किन्ने पैसा कसरी हुन्छ?" "मलाइ था'छैन"।स्नेहाले आफ्नो हात समाउदै टाउको हल्लाई। "ल बाबा मामूले था'पाइस्यो भने " श्रीयादिलाई पनि साच्चि डर लागेर आयो "मामूले सोध्दा म दिले दिएको भन्छु " अनुहार चम्किलो बनाउदै उस्ले श्रीयाको हात समाउदै भनि । भित्र देखि रहात पुग्यो श्रेयादिलाइ। श्रीयाले मुस्काउदै भनिन "स्टुपिड" *****************
Read Full Discussion Thread for this article