Posted by: CaMoFLaGeD November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
नमेले उता मेरो सन्सारमा लेखेको ब्लग पढ्न पाइयो। तिम्रो कुरा सोर्‍है आना ठिक छ। बास्तबमै नेपालमा घुस खाने र घुस दिने एउटा संस्कारनै भइसकेको अवस्था छ। सबैले देखेका अनि सबैले घुसिया भनेर चिनेकाहरु आज एक एक गर्दै क्लिन चिट पाएर निस्किरहेका छन्। यस्तो अवस्थामा हामीहरु जस्ता युवाहरु फ्रस्टेट नहुने प्रश्नै उठ्दैन। घुस खाएको अभियोगमा धेरैलाई सोधपुछ गरिएको छ, तर घुस दिएको अभियोग कसैलाई लगाईएको देखिदैन। नमेले गरेको यो प्रश्न एक्दमै मनन योग्य छ। घुस लिने ति ब्यक्तीहरुलाई पल्काउने हामीहरु नै हौँ। अब अहिले यस्तो अवस्थामा यदि घुस लिने ब्यक्तीहरुलाई कार्वाही गर्न सकिन्न भने घुस दिनेलाई समाउनुपर्यो। अनि भन्लान नि तिनीहरुले को को लाई घुस दिएका छन् भनेर। यस्तै छ दुनिया, जत्ति गरे नि नहुने!! एउटा कुरा चाँहि पक्कै हो, जब सम्म हामी आफैँ घुस दिन छोड्दैनौँ तब सम्म यो संस्कारले हामीलाई छोड्ने छैन।
Read Full Discussion Thread for this article