Posted by: gwanche November 16, 2006
** चौतारी ३१ **
Login in to Rate this Post:     0       ?        
'लौ ग्वाँचे, अब शहरराँ गे'र राम्ररी पढ्नु, आइए पास गरेर यै गाम्मा मास्टर बनेर आउनु पर्छ, म पनि अब केइ बर्षसम्म मात्रै हो स्कुलालाँ पढौन सक्ने त्यस'छी त तिमी'रुले नै सम्हाल्नुपर्ने त हो नि' बल्ल यस्पालीको एस्लेसी परिक्षामा थर्ड डिभिजन पास भे'सी काठमाडौं पढ्न जानु परो भुनेर सप्पै संअ बिदबारी हुँदा रातो टिका लाइदिदैं मिसले भन्नु भो । गाम्मा दुई चार जना मात्रै एस्लेसी पास भेका मुन्छेहरु मध्यै आफु नि परेको मा दङ्ग थे, हुन त यस्पाली ठ्याक्कै पाँचउ, प्रयासमा सफल भइया हो क्यारे, तर जे भे नि पञ्च बर्सिय योजना नै भे नि सफल त भयो । मिसको खुट्टा मै ढोगिदिए मुइले, हुन त गृहकार्य नगर्दा, अनि भागेर माछा मार्न जाँदा मिसको लठ्ठी नि धेरै खाइया थ्यो, अझै नि ढाड भरि चिनो छ तर त्यो त मेरै राम्रोको लागि गरेकी हुन नि मिसले । त्यतिबेला कुटाइ खाँदा रिस् उठे नि अहिले त मिस्ले ठिकै गरेकी हुन जस्तो लाग्छ । जिम्मालबा नि आ थे, एक ठेकी दही बोकेर्, 'लौ ग्वाँचे, राम्ररी पढ्नु, ठुलो मुन्छे हुनु । पोर साल त गाम बाट सँअइ गाथिम क्यारे काठमाडौं, गाइजात्राआँ, यस्पली त तेइ हुन्छस्, राम्ररी ठाम चिन्ने नि हुन्छस्, सप्पै ठाममा घुमाएस् है मुलाइ, लौ तेरी जिम्मालनी आमाले यो दहिको ठेकी देकी छिन तलाई दही एकदम मन पर्छ भुनेर । राम्ररी गएस्, आफ्नु ख्याल राखेस्!' पुन्टे दाइ नि आ'थे बसपार्क सँअ पुर्याउन्, 'लौ बज्ज्या जाने भई हलिस् । मुइले त भुनेको हो रिकुटेसँअ लाउर जा, देस बिदेश घुम्, पैसा कमा, नयाँ बोली भाषा सिक मानिनन्स् । लौ जे भे नि अब राँरी पढ्नु क्यारे, तेरो लागि केइ ल्याउन सकिएन हेर्, हिजो तेरी भाउजु नि माइत ग'कि थि, मु त रात भरि धोबिनिकैमा हो, फूलको माला ल्याउन सकिएन लौ एइ माल लगा' भन्दै आफुले चपाइराको चुइङ्गम नै तन्काएर माला लगाइदे । झनक्क रीस् त उठेको थ्यो फेरी होस् आफ्नो गाम्को दाइ आफुलाइ अप्ठ्यारो पर्दा सबैभन्दा पैला सहयोग अर्न अघी सर्ने मुन्छे, । माला फूल्को होस् कि चुइङ्गम्को लगाइदिने मान्छेको सद्भाव पो हेर्नु पर्छ जस्तो लाग्यो । सप्पै जना बन्धु-बान्धवहरु नि आ'थे चौतारीको बस पारकसम्म पुरायउन । जान त मुन थेन तर क्यार्नु जानु त थ्यो नै । दाउरा सुर्वाल लगाएर्, पटुका कसेर अनि झिल्के इस्टकोट ढल्काएर्, गोल्ड स्टार जुत्ता कसेर्, जिम्मालबाले देको दहीको ठेकी दाँयातिर अनि घर्बाट आमाले देको घिउको हर्पे बायाँतिर झुन्ड्याएर्, बाग्पाटे झोलो पछाडि भिरेर लागे काठमाडौंतिर । हाम्रै गाम्का किस्ने दाइ बस्छन बाग्बजार भुन्ने ठाममा, तेइ जानु भुनेका थे बाले । बल्ल बल्ल भेटियो उनको डेरा । 'लौ ग्वाँचे आइस् त नि क्याम्पस पढ्न, राँरो गरिस् । हेर तेरो बाले कसरी तलाइ पढ्न पठा 'को हो भुन्ने तँलाइ थाहा छँदैछ, सिङगै आलिखेत बेचेर पठा'का हुन्, तेइ भेर मेहेनत गरेर पढ । तेरो लागि मैले एउटा जागीर नि खोज्दया छु । बिहान क्याम्पस जा, दिउसो काम गर्' किस्ने दाइले खाना बनाउँदै भन्नु भो । 'हुन्छ नि दाइ गजब भइहाल्यो नि, काम नि पाउने भे'सी त बालाइ पैसा पठाइदिनु भनिरहनु त परेन । बरु डेरा पो के गर्ने होला, कतइ सस्तो कोठा पाइन्छ होला यतातिर ?' 'तैले डेराको नि चिन्ता गर्नुपर्दैन्, हेर्, म त सिक्युरिटी गार्डको काम गर्छु, रात भरि डिउटी गर्नु पर्छ्, दिन भरि सुत्छु । तेइ भेर त पनि यइ बस्, त चै दिन भरि काम गर, रात भरि सुत्!' 'आहा काइदा भइहाल्यो नि !बरु काम पो काँ गर्नु पर्ने हो ?' 'मेरो एकजना साथी एउटा रेस्टुराँमा सिक्युरिटी गार्ड छ्, तेइ रेस्टुराँमा वेटरको ठाउँ खाली छ रे, मैले तेरो लागि ठीक्क गरिदेको छु ।' 'धेरै धेरै धन्यवाद दाई ।' यसरी मैले रेस्टुराँमा काम नि सुरु गरें । क्याम्पस भर्न हुनको लागि परिक्षा कार्यालयबाट मार्क सिट लिनुपर्ने रैछ । सानोठिमी गएको,मार्कसिट लिनको लागि त मेरी बास्सै कत्रो ठुलो लाइन रैछ । बल्ल बल्ल मेरो पालो आयो, पैसा-सैसा बुझाईवरी मार्कसिट ले को त ....... मेरो त आँखा अगाडि अँध्यारो छायो ...... पास् भयो भुनेको त ४ वटा बिषयमा फेल रैछ फेरि'नी । हन मु त पास् भे'को थे त गोर्खापत्रमा हेर्दा याँ त फेल पो देखिन्छ नि, भुनेर हाकिम साब्लाइ मार्कसिट देखाको त ....'याँ यस्तै हो भाइ, गोर्खापत्रमा प्रिन्ट मिस्टिक भयो होला, मार्क सिट्मा जे छ तेइ सहि हो' भन्छ । थुक्क बेकाराँ आइयो काठमाडौं, पास भैयो भुन्ठानेर । लौ क्याम्पस त पढ्न नपाईने भो, दुई चार दिन काम त अरुम घर जाने पैसा त बनाउनु पर्‍यो भुन्ने सोचेर कामाँ गएँ । आज ग्राहक नि टन्न आ'रेछन्, भ्याइ न भ्याइ थ्यो । एउटाले अर्डर दिन्छ, फेरी अर्कोले बोलाइहाल्छ । यसरी नै काम गर्दैथे, फेल भे'को कुरा त सम्झिनेसम्म फुर्सद थेन । यत्तीकैमा एउटा टेवालबट अर्डर आयो, दुई जना केटी एउटा केटा रेछन् !!! ए ...... मुइले त बताउनै बिर्से, म कुन रेस्टुराँमा काम गर्थे भुनेर ... हजुर ! तेइ दरवारमार्गको नाङ्लोमा त हो नि मुइले काम गरेको । अँ ...... त्यो केटाले एउटा सलाद्, एउटा मो मो, एउटा सिज्लर अनि दुइ बोटल बियर अर्डर गर्‍यो, शायद उस्को बर्थ डे थ्यो क्यारे । सिज्लर बनिसकेर तिनिहरुको टेबल्मा दिइसकेपछि फेरी अर्को नजिकैको टेबल बाट अर्डर आयो, फेरी नि सिज्लर अनि म म र कोकको । दुई जना केटाहरु थे, धुलई धुलो लागेको लुगा ला'का, कुन्नी के ढुङ्रो जस्तो नि ल्या'का रैछन्, पक्कै पनि केइ खेल्ने कुरा हुनुपर्छ्, जितेको, रन्, चउका, छक्का, आउट भन्दै के के कुरा गर्दैथे, बुझे मर्दिनु । म अर्डर लिएर किचन तिर जाँदैथे, त्यो केटीहरुसँअ बसिरहेको केटा आयो म कहाँ, टोइलेट जाने निउ गरेर । 'भाइ, त्यो उता टेवालमा बस्ने केटाहरु नि मेरै साथीहरु हुन्, आज त्यस्तो खाते लुगा ला'र आएका भेर म उनिहरुलाइ मेरो टेबल्मा बोलाउन सक्दिन्, उनिहरुले खा'को पुइसा नि मै तिर्छु । म तिमीलाइ नि खतरा टिप दिन्छु मेरो एउटा काम गर्दिन्छौ ?' 'के काम होला दाइ ?' 'ऐले एक्छिन पछि म तिमीलाइ बिल लेर आउ भन्छु, तिमी बिल लिएर आएको जस्तो गर्नु तर बिल लिएर न आउनु । म तिमीलाइ पैसा तिरे जस्तो गर्छु अनि बहिर निस्किन्छु । त्यो केटीहरुलाइ बाहिरसम्म पुर्याइ सकेपछि म फेरी याँ आउछु अनि मेरो साथीहरुसँग बसेर फेरी खानपिन गर्छु ।' मैले पनि राम्रै टिप पाउने आसमा 'हुन्छ' भन्दे । एक्छिन पछि त्यो दाइले बिल मगायो, ५०८ रुपैयाँ भा थ्यो, ठ्याक्क हजार्को नोट निकालेर्, कीप द चेन्ज भुनेर दिएर तेइ दुईजना केटीहरुसँअ बहिर निस्क्यो । दुई मिनट पछि फेरी फिर्ता आयो त्यो दाइ अनि पैला दे को हजार रुपैयाँ फिर्ता माग्यो । टन्न अर्डर गरे, तिनै जना मिलेर्, म म, चिकेन चिल्ली, ड्रम स्टिक्क्, सेकुवा अनि गर्दा गर्दै ८ बोटल बियर नि घुट्क्याए । म त दङ्ग भैराको थे, अर्डर नि ठुलो टिप नि टन्न भन्ने सोचेर । म भाँडा उठाएर किचन तिर जाँदैथे ' भाइ बिल लिएर आउ ' भनेर बिल मगाए । बिल ल्याएर उनिहरुको टेबल्मा राखेर म उता अर्को टेबल सफा गरेर त्याँको भाँडा उठाउन गए । ति केटाहरु 'लौ भाई बाकी तिमी नै राख्नु' भनेर मैले बिल ल्याएको फोल्डर भित्र पैसा राखेर निस्किहाले । टन्न टिप छोडेका होलान भुन्ने कल्पना गर्दै फोल्डर उठाएर काउन्टर तिर जान लाग्दा फोल्डर खोलेर हेरें । लौ मार्यो बज्याहरुले ठगिहालेछन नि, १३८ रुपैयाँ मात्रै राखेका रहेछन्, फोल्डर भित्र, २३७७ रुपैयाँको बिलसँगै । ति मोराहरुलाइ समाउनु परो भुन्ने सोचेर दौड्दै ढोकातिर ग'को, काँ भेट्टीन्थे, टाप कसिहालेछन्, मोटर साईकलमा आ'थे कि, ट्याक्सी पो लिएर गे छन्, था' नै भेन । अब जे भेनी साउजिलाइ त सप्पै कुरा बताउनु पर्‍यो भुनेको साउजीले पत्याको हैन । हाम्रो रेस्टुराँमा पनि यस्तो ग्रहक आउँछन कि क्या हो, तैले हामीलाइ उल्लु बना'र पैसा खान खोजेको, लौ निकाल काँ लुकाइस् पैसा भुनेर कठलोमा समाइहाले । जत्ती गरे पनि पत्याको हैन साउजीले, 'त मोरो बेइमानलाइ राख्नुपर्या छैन अहिल्यै निस्किहाल भनेर लात हानेर निकालीदिइहाले रेस्टुराँबाट । उता किस्ने दाइले नि पत्याको हैन्, मैले नै बदमासी गर्‍यो भन्ठान्नु भो । क्याम्पस पढ्न पाउने कुरा नि भेन मार्कसिटआँ चार ठाम्मा तारा भे'सि , कामबाट नि निकालीहाल्यो ....... के गर्ने........ उपाय अरु केइ थेन्, फेरी आफ्नै चौतारी गाम फिर्ता आएँ, जस्तो गा'थे त्यस्तै !!! (माफ पाम है !!!;-) )
Read Full Discussion Thread for this article