Posted by: lopchanlama November 8, 2006
आयो शान्ति नेपालमा
Login in to Rate this Post:     0       ?        
आयो शान्ति नेपालमा धेरै भएको थियो तिमीलाई कुरेको थाकी सकेका थिए यि आँखाहरु तैपनि आशा थियो तिमी पक्कै आउनेछौ एक दिन प्रतेक नेपालीको ओठ हरुमा मुस्कन छाउनेछौ बजाईदेउ ताली घन्काई देउ मादल फरफराईदेउ चन्द्र-सुर्य अन्कित झन्डा अवीर जात्र गर एक-अर्काको बहुपाशाहरुमा खुशीयाली बाड आयो शान्ति नेपालमा झ्याउरेको ताल मा नाच मारुनिको ताल मा नाच बधाई छ तिमीलाई बधाई छ मलाई सारा नेपालीलाई बधाई छ हेर माथि आकाशमा नेपाल आमा खुशीको आँशु बगाईरहेछ बग्दै छ नागबेली चालमा कर्णाली र सुनकोशी ल हेर दन्त लहर देखाई मुस्कुराई रहेछ मेची-काली आउ हामी अवीर जात्र गरौ बहुपाशहरुमा खुशीयाली बाडौं एक-अर्काको हाथ समाई प्रर्थणा गरौ सदा मुस्कुराउन नेपाल आमा खुशीमा रमाउन सारा नेपाली चिरायु होस् शान्ति तिमी चिरायु होस् शान्ति तिमी
Read Full Discussion Thread for this article