Posted by: mero_nam November 8, 2006
क्रानित्कारीलाई कुटपिट
Login in to Rate this Post:     0       ?        
Good News: चन्दा आतङ्कको विरोधमा उत्रेका जनताले आज बिहान ललितपुर पुल्चोकमा माओवादी भ्रातृ संस्था अखिल (क्रानित्कारी)का अध्यक्ष लेखनाथ न्यौपानेलाई हमला गरेका छन् । बिहान ८:३० बजे पुल्चोकमा निस्केको जुलुसलाई सम्झाइबुझाई गर्न पुगेका न्यौपानेलाई उनीहरूले कुटपिट गरेका हुन् । यस सम्बन्धमा न्यौपानेसँग बुझ्दा उनले एमालेका केन्द्रीय सदस्य रघुजी पन्तको उक्साहटमा आफूमाथि हातपात भएको बताए । न्यौपानेले भने- ममाथि कुटपिट गर्दा आफना कार्यकर्तालाई सम्झाउनुको साटो एमाले केन्द्रीय सदस्य पन्तले झनै उक्साए । ---- माओवादीका एक नेताले भने- सामन्ती चेतना हुनेले भ्रम सिर्जना गरेका हुन्। जनताले सडकमा हैन घरमा बस्न पाउनुपर्छ। उनले आक्रोश पोखे- २ सय ५० वर्षसम्म जनतालाई लुटेर बनाइएका बिल्डिङमा एकरात जनता बस्न नपाए के सडकमै सुत्ने? All those building in KTM ARE made from looting ? Then what the hell is your chairman doing with the looted pajero? Is he riding pajero from his hard earned money? yea it must be hard earned as it must have been hard to kill all those 13,000 nepali people गास, बासका लागि माओवादीले घरघरमा पुगेर चर्को दबाब दिएपछि ललितपुरका स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन्। विरोधमा उत्रिएका स्थानीय बासिन्दाले आज बिहान कोपुण्डोलस्थित माओवादीको सर्म्पक कार्यालय घेराउ गर्नुका साथै, विभिन्न स्थानबाट जुलुस निकालेका थिए। उनीहरूले कोपुण्डोलको सडकमा टायर बालेर चक्काजाम गरेका छन्। बिहान ८:३० वर्षेखि पुल्चोक, बालकुमारी, मङ्गलबजार, पाटनबजारबाट निस्किएको जुलुसले माओवादीविरुद्ध चर्को नारा लगाएको थियो। घरमा मान्छे राख्दैनौँ, चन्दा आतङ्क मूर्दावाद, शान्तिसुरक्षा कायम गरजस्ता नारा लगाउँदै अघि बढेका स्थानीय बासिन्दा माओवादी कार्यालयअगाडि पुगेर धर्नामा बसेका थिए। माओवादीले शुक्रबार खुलामञ्चमा हुने आफनो कार्यक्रमका लागि राजधानी भित्र्याएका कार्यकर्तालाई खान र बस्नका लागि चर्को दबाब दिएका थिए। प्रत्येक घरमा १० कार्यकर्तालाई गास, बास दिन माओवादीले ललितपुरका सहरी र ग्रामीण क्षेत्रका स्थानीय बासिन्दालाई दबाब दिएपछि उनीहरू आन्दोलित भएका छन्। Kathmanduties are not like Sojha Sajha Villagers, they will again send you to where you belong(jungle) mind it. We are not here to distribute our hard earned money to you bunch of thugs, killers.
Read Full Discussion Thread for this article