Posted by: DCKETA November 7, 2006
Latest news from nepal
Login in to Rate this Post:     0       ?        
source - http://www.himalkhabar.com/front/morenews.php?id=1666 ताजा समाचार मध्यरातमा सहमति ऐतिहासिक उपलब्धि Print E-mail बुधबार, ०८ नोभेम्बर २००६ ०३:०९ सात दल र माओवादीबीच २२ कार्तिक १ बजे बिहान सहमतिमाथि हस्ताक्षर भएको छ। सहमति बमोजिम ३० कार्तिकसम्ममा शान्ति सम्झैतामा हस्ताक्षर गरिने छ। सहमतिको भाग ६ मा राखिएको समय तालिका अनुसार ५ मंसिरभित्र माओवादी सेना हतियारसहित क्यापभित्र राखिने छ र सोही दिन अन्तरिम संविधान जारी भएको घोषणा गर्दै वर्तमान संसद विगठन गरिने छ। ५ मंसिरमै ३३० सदस्यीय अन्तरिम विधायिका गठन हुने छ। अन्तरिम विधायिकामा हाल दुवै सदनमा रहेका २०९ जना सदस्यसहित माओवादीको तर्फबाट ७३ र बिभिन्न पेशाकर्मी तथा नागरिक समाजको तर्फबाट ४८ जनाको प्रतिनिधित्व हुने छ। दलिय हिसाबले अन्तरिम बिधायिकामा नेपाली काङ्ग्रेसको ७५, नेकपा एमाले र माओवादी ७३-७३, नेपाली काङ्ग्रेस प्रजातान्त्रिक ४२ र अन्य साना दलको १९ प्रतिनिधित्व हुने छ। हाल संसदमा प्रतिनिधित्व नरहेको संयुक्त बाम मोर्चालाई सहमति बमोजिम प्रतिनिधित्व गराइने छ। संविधान सभामा भाग लिनेको उमेर १८ हुने सहमति भएको छ। यसैबीच संविधान सभाका लागि मिश्रित निर्वाचन प्रणाली तथा राजतन्त्रको बारेमा संविधान सभाको पहिलो बैठकबाट निर्णय लिइने भन्ने दुईवटा सहमतिप्रति नेकपा एमालेले आफ्नो असमति प्रस्तुत गर्दै 'नोट अफ डिसेन्ट' लेखेको छ।
Read Full Discussion Thread for this article