Posted by: CaMoFLaGeD November 3, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
ल दाइजो के के ल्याउने कुरो भइरहेको रै'छ। अब स्टिलको थाल चाँहि कसैले नल्याए हुन्छ, मैले र मिस्टेले दिने भइहाल्यौँ। जिम्माल बा ले र मिसले एउटा एउटा गाग्री र खड्कुलो ल्याउने होला। पून्टे दाईले सोफा सेट, पलङ्ग सबै जिम्मा लिने भइहाल्नु भयो। गोताएँ दाईले एउटा टि भि किन्नु होला। गालउले फ्रिज ल्याउनु क्यारे। दादा खोइ आजकाल? दादाले भिडियो प्लेयर किन्ने भन्दै हुनुहुन्थ्यो। ग्वाँचेले नेपालबाटै गलैचा ल्याको छ रे त्यहि दिन्छु भन्दै थियो। तितौरी र सान्नानी मिलेर मेकअपको सामान किन्ने होला नि। अब अरु ले के के ल्याउने हो लिस्ट राखुम् यहाँ। चित्रे, तिमीले चाँहि गहना र साडीहरु लिएर आउनु है!! हत्तेरी!! कत्ति कुरा भ्याउनु पर्ने छ, गार्हो हुने रहेछ चेलिबेटीको बिहे टार्न। :पि
Read Full Discussion Thread for this article