Posted by: Rahuldai November 2, 2006
Login in to Rate this Post:
0
?
बैंश
माहूरीको उन्माद जस्तो
क्षणिक पनि होइन ।
भूकम्पको कम्पन जस्तो
अथाह पनि होइन ।
न सुस्केरा न आहत
न समय न साइत ।
कसले भन्न सक्छ र?
कसले किट्न सक्छ र?
कहां कहिले किन आउंछ
यो वैंशको घनघोर वर्षा
जिन्दगी नै हरा भरा हुने गरी
या जिन्दगीको अस्तित्व नै मेटिने गरी ।
खै, किन हो, यो वैंशले कसैको उमेर हर्ेर्दैन
अलि चांडो वा अलि अवेर भो भन्दैन ।
जुंगा रेखीको विहानीमा पनि फक्रँदो रहेछ
मृत्यु शैयाको जवानीमा पनि पल्किदो रहेछ ।
धेरै सोंचे धेरै खोंजे
वैंशको सारा इतिहास फोरेँ
वर्षौ देखि एक्लै एकै ठांउमा कोल्टे फेरी रहेँ
यसपालीको शिशिर याममा मात्र
निस्सासिंदै चिसो रात संगै कोल्टे फेर्दा पो
वल्ल थाहा पाएं ।
वैंश, थाहै नपाई, वूढो भैसकेको रहेछ
वैंश, दुखेको मुटुलाई सुस्सुम्याइ रहेको रहेछ
वैंश, एक्लै एक्लोपनमा भुनुभुनाइ रहेको रहेछ ।