Posted by: Yahoooooo November 2, 2006
~ चौतारी २८ ~
Login in to Rate this Post:     0       ?        
अध्यारो रात चिसो पनि सुरु भएछ जिम्बाल बालाइ भेटेर मन मनै एक्लै गफ गर्दै घरतिर जदै थिए कस्तो टर्च को बेटरि पनि सकिएछ मधुरो पो बल्छ त यसो गुन गुनाउदै अगाडि बढेको थिए बाटोमा कालो बस्तु टुप्लुक्क देखियो । एक चोटि त झसङ भए । यसो टर्च् उचालेर हेरेको त अनुहार मात्रै देखिन्छ? को हो यो? भनेको ता म चित्रे हो यामे कता गएर आइस्? भन्छ बा कता हुन्थ्यो जिम्बाल बा थला परेछन् भनेर एसो भेट्न गको नि बुडा लाइ। बुडेस् कालमा बुडालाइ पनि के के हुन्छ के के? अनि यति राति कता हिडिस् चित्रे? कतै पनि हैन यसो पल्लो गाम्तिर जाम्कि भनेर नि यामे यति राति किन त? केटा हरु राति राति हिड्छन् बा? खाना खाएरै हो? हो खाना खाएर हिडेको अनि तैले नि? खाएको छैन अब गएर चुलो बाल्नु पर्छ। भोलि फेरि सखारै मेला मा हिड्नु छ। दिन्भरि काम गर्दा फुर्सद थिएन बल्ल फुर्सद् भो अनि जिम्बाल को घर हुदै आको नि। ल गए है आइले। ल ल यसो केहि अगाडि बढेको फेरि अर्को अनुहार टर्च मा पर्यो को हो यो फेरि? यसो टर्च् उचालेर हेरेको के हि पनि देखिन्न त। घुम्लुङ मजेत्रो ओढेको मात्र देखिन्छ। को हो फेरि सोधे? म हो यामे मसिनो अवाज आयो को हो त्यो म हो भन्ने? म क्या म - ठुलि ए बाबा यति राति कता हिडिस ठुलि? अध्यारो मा बत्ति पनि छैन? कता हुनु? तेत्तिकै यसो बाहिर निस्के को नि? राति राति छोरी मन्छे बाहिर निस्कने हो त? केहि पनि हुदैन तेहि पर सम्म जान लाइ। यमे तितौरा खाने? ल्याउन त खाम कति मिठो रहेछ तितौरा पनि कस्ले दियो ठुलि? सान्नानि ले भर्खर सहराँट ल्याकि नि कति मिठो है यामे? हो त सारै मिठो रहेछ। तेस्पछि त म अहिले गए है भन्दै अगाडि बढि यति राति यो ठुलि साएद चित्रे लाइ भेट्न हो ला भनेको ता <ब्>टाढा बाट हो त नि <ब्>भन्दै दगुरि बा आफै तितौरा खान दिने अनि मैले भाउजु खोजेको छ न भन है भनेर दिएको भन्ने? यो ठुलि को पनि नि को चाला छैन है
Read Full Discussion Thread for this article