Posted by: ashu November 1, 2006
Nothing happens, really!
Login in to Rate this Post:     0       ?        
The locals take the actions themselves. But all these promises are un-enforceable. I would not be suprised if another bus plunges into the Bhatta River in a few weeks or months, killing more. oohi ashu ***************** तुलसीपुर-सल्यान सडक सुचारु कास दाङ, कार्तिक १४ - सल्यान बस दुर्घटनाका मृतकका परिवारलाई तत्काल १७ हजार रुपैयाँ उपलब्ध गराउने सहमतिपछि तुलसीपुर-सल्यान सडक सुचारु भएको छ । अन्य सहमतिमा माघ महिनासम्म प्रतिमृतक ५० हजार रुपैयाँ उपलब्ध गराउने, सडकमा दुईबटा बस थप्ने, यात्रुबाहक बसहरूले १५ क्विन्टलभन्दा बढी सामान बोक्न नपाउने, पुराना मोडलका बस हटाउन तत्काल पहल गर्नेलगायतका छन् । त्यस्तै 'क्यु मिस' गर्ने गाडीले यात्रुहरूलाई निःशुल्क खाना खुबाउनुपर्ने र छतमा यात्रु राख्न नपाउने पनि सहमति भएका छन् । सम्पूर्ण घाइतेहरूको निःशुल्क उपचार गर्नुपर्ने मागमा सहमति हुन नसके पनि त्यसका लागि पुनः छलफल गरी सहमति कायम गरिने भएको छ । सल्यान बस दुर्घटनापछि सल्यान त्रिवेणी र लान्ती बजार क्षेत्रका स्थानीयवासीले मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, घाइतेको निःशुल्क स्वास्थ्य उपचार गर्नुपर्ने तथा तुलसीपुर-सल्यानलगायतका ग्रामीण सडकहरूमा २ हजार मोडलभन्दा पुराना गाडी सञ्चालनमा रोक लगाउनुपर्ने लगायतका ६ सूत्रीय माग गर्दै तुलसीपुर- सल्यान सडक अवरुद्व गरेका थिए । Posted on: 2006-10-31 20:42:44
Read Full Discussion Thread for this article