Posted by: shirish October 30, 2006
Login in to Rate this Post:
0
?
OK Guru
Here is my version.
I must thank the writer for providing me some food for thought.
The quality to be decided by the readers. I will add some more shers. I want to bring some positive vibes about Nepal with the usage of negative sounding words.
EKACYARI KAFIA
खिया लाग्दै नलाग्ने सुनको थुप्रो हो नेपाल ।
हिमालै राखी बोकेको ठूलो धोक्रो हो नेपाल !
कसैले भन्ला बैशै नआई कुप्रो भो नेपाल,
मेरो भार ऊठाई रहेको काम्रो हो नेपाल ।
झुप्रै सही घर, सांझ संधै फर्कुं फर्कुं लाग्छ
छाना छैन तर बचेराको ओथ्रो हो नेपाल !
मनग्गे काल रात्रीहरुले आकाशै निल्दा
दिनै नंया क्षितिज ल्याउने पात्रो हो नेपाल ।
काम्रो- wooden structure used by porters to rest the load
ओथ्रो- nest