Posted by: ashu October 29, 2006
Nothing happens, really!
Login in to Rate this Post:     0       ?        
From today's (Monday, 30 October 2006) ko Kantipur editorial. It's a start -- but the momentum needs to be built up further ************** दुर्घटना र सजाय Source: - http://www.kantipuronline.com/kolnepalinews.php?&nid=89939 पछिल्लोपटक फेरि ४२ मध्यपश्चिमेलीले अनाहकमा ज्यान गुमाएका छन् । आफ्नो गन्तव्य पुग्न हतारिएका उनीहरूका आफन्तले त्यसअघि नै मृत्युवरणको दुःखद खबर सुन्नुपर्‍यो । सल्यानको खरिबोटबाट दाङको तुलसीपुर गइरहेको बस २ सय मिटर तलको खोलामा खसेपछि भएको यो दुर्घटनामा ६ जना बालबालिकासमेत परेका छन् । धेरैको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने संकेत पनि देखिएको छ । दुर्घटनाका धेरै कारण हुनसक्छन् । ब्रेक फेल हुनु, अनाहक पहिरो आउनु, सवारी गुडिरहेको जमिन एक्कासी भास्सिनुजस्ता कारण एकातर्फ छन्, जसलाई रोक्न सकिने सम्भावना हुँदैन । अर्कोतर्फ सानो बाटोमा सवारी छिराउन खोज्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारीलाई अनियन्त्रित गराउनुजस्ता कारण पनि छन्, जसलाई दुर्घटना हुनुको कारणबाट पन्छाउन सकिन्छ । तर विडम्बना, मुलुकमा भएका पछिल्ला सवारी दुर्घटनाका कारणमा यिनै रोक्न सकिनेले प्राथमिकता पाएका छन् । बाहिर आएको तथ्यहरूका आधारमा हेर्दा यो सवारीमा पनि ँक्षमताभन्दा बढी यात्रु’ दुर्घटनाको प्रमुख कारण ठान्न सकिन्छ । दशैं र तिहारजस्ता नेपालीका महान् चाडका कारण निश्चितै रूपमा ओहोरदोहोर गर्नेको चाप बढी छ । यो चाप सवारीमा पनि देखिनु अस्वाभाविक होइन । त्यसैले सवारीका भित्री हिँड्ने बाटोमात्र होइन, छतसमेत खचाखच भरिएका सवारीलाई चालकहरूले सकी-नसकी कुदाइरहेका दृश्य सहरी क्षेत्रमै पनि सामान्य बनिरहेका छन् । जसलाई ट्राफिक प्रहरीले नियमभन्दा पनि व्यावहारिक आँखाले हेर्ने गरेका छन् । यिनै दृश्य केहीछिनमै दुर्घटनामा परिणत भएका समाचार बारम्बार आइरहेका छन् । तर पनि सवारी नियम पालना गराउने ट्राफिक प्रहरी, नियम उल्लंघन गर्ने यातायात व्यवसायी र जानी-नजानी यसमा सहभागी यात्रु कसैको पनि ध्यान यसतर्फ डोरिनसकेको छैन । एकातर्फ सबैतिर ट्राफिक प्रहरीको व्यवस्था छैन भने अर्कोतर्फ राजधानी र त्यसकै सेरोफेरोमै पनि यस्ता दृश्य सामान्य बन्नुले ट्राफिक भए घटना हुन्नथ्यो कि भन्ने आशा पनि भरपर्दो मान्न सकिन्न । एकैपटक धेरै पैसा असुल्न हतारिने यातायात व्यवसायी यस्ता दुर्घटनाका प्रमुख कारक हुन् । सिटभन्दा बढी यात्रु बोक्न नपाइने नियम थाहा हुँदाहुँदै त्यसलाई बेवास्ता गर्ने उनीहरूको पेलाहा नीति नै धेरैको ज्यान गइरहनुको मुख्य कारण हो । अर्कातिर चेतनाको अभावमा होस् या सवारी सञ्चालनमा कमीका कारण, झुन्डिएर र छतमा बसेर यात्रा गर्नेको बाध्यता पनि यसमा जिम्मेवार छ । वृद्ध भत्ता असुल्ने उमेरका सवारी र अपूर्ण सडकले पनि दुर्घटनालाई धेरथोर सघाइरहेका छन् । दण्डहीनता वा नाममात्रको दण्ड व्यवस्थाले पनि यस्ता दुर्घटनालाई दूर गर्नुको सट्टा प्रोत्साहित गरिरहेको महसुस हुन्छ । क्षमताभन्दा बढी यात्रु राख्नेलाई सुरुमा २५ रुपैयाँ र त्यसलाई क्रमशः बढाउँदै लगेर चौथो, पाँचौं पटकमा ँबढीमा २००’ रुपैयाँको जरिवाना हुनसक्ने व्यवस्था छ । यो आफैंमा किन हास्यास्पद छ भने झुन्डिएर यात्रा गर्ने एउटै व्यक्तिबाट उठाइनेभन्दा पनि यो ँअधिकतम जरिवाना’ को रकम कम छ । दण्ड सजाय व्यवस्थाको मान्यता नियम उल्लंघनकारीलाई हतोत्साही तुल्याउने हुन्छ, तर यो सजाय व्यवस्थाले त्यो मान्यता पछ्याएको देखिन्न । त्यसैले यसलाई कडा र प्रभावी तुल्याउन जति ढिलाइ गरिन्छ, त्यति नै थप नेपालीले ज्यान गुमाउने सम्भावना बढिरहन्छ भन्नेमा दुईमत छैन । साथै दुर्घटनाका कारणबारे फैलाउनुपर्ने जनचेतना पनि कम महत्त्वपूर्ण छैन । Posted on: 2006-10-29 22:47:19
Read Full Discussion Thread for this article