Posted by: Birkhe_Maila October 26, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
हा हा हा मरन्च्याँसे, लास्टको लईन कस्तो मजा संअ मिलाओ गाँठे! खै कता लाएछन अरु गाम्लेहरु? शायद सुतिसके होलान् सबै! लोउगिद नगाको धेरै भओ, एउडा पूर्बेली गित- रिम्कि छेऊमै बसौँ झिम्कि कम्पनिको धुलो उडाउँदै धनकुटैको डाँडै डाँडा बगिजाने कुलो चोखो धुलो भरौँ पाथि कस्को माया ठुलो रिम्कि छेऊमै बस झिम्कि कम्पनिको धुलो उडाउँदै म भने तिम्रै लागि भोजपुर बजार धाको बिर्सियौकी एउटै थालमा फन्के रोटि खाको रिम्कि छेऊमै बसौँ झिम्कि कम्पनिको धुलो उडाउँदै तल तल सिमसारैमा गाई मरेको सिनो ढुङ्गा राखे लडिजाला औँठि राख चिनो रिम्कि छेऊमै बसौँ झिम्कि कम्पनिको धुलो उडाउँदै आकाशैको पल्लो छेऊमा लामपुच्छ्रे तारा एकै थोपा सिन्दूरैले लगाईदिउँ कि भारा रिम्कि छेऊमै बस झिम्कि कम्पनिको धुलो उडाउँदै
Read Full Discussion Thread for this article