Posted by: Birkhe_Maila October 22, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
खै के कुरो अर्नु राँगे, चाइन्जो तेत्तिकै लम्पसार परो भने दुख्तैन, बसो भनेनि दुख्तैन, तर एसो चल्मलाओ भने तिम्रा राईफलाटि निस्केओ गोलिले ठोकओ जसरि स्वाट्… स्वाट् .. अरेर ढाडको बिचबाट एउडो गोलि तल्तिर गोलिगाँठा सम्म पुउछ अर्को गोलि मास्तिर दोटै कान चुईँक्यामदै हिन्छ! बरु तिम्ले भने अस्तो राईफले गोलिले हानेओ जसरि दुख्ने ढाडाँ तेई राईफलकै तेल घसो भने ठिक होला कि? बरु आम्ने भ’ आऊ हाम्रा घराँ, भोलि बेलुकिखेरतिर। तिमी आम्ने भ’ आइतेलाई कालिज खोझ्न पठाम्ला, तेल पनि घसम्ला अनि कालिजको तातो झोल संअ भात मुछेर खाँदै तिम्रा पल्टनको गफ सुनम्ला। तो पल्टने गफ त सारै मजाओ लाउच मलाई गाँठे! आफ्नो कुखुरे छातिको नाप नपुगेर मात्तै हो नत्र त गल्लावाल आम्दा म नि सुरिएर चाइन्जो छेकाउन गा’को थेँ, सपै गाम्लेलाई था छ!
Read Full Discussion Thread for this article