Posted by: sunnysujan October 22, 2006
Login in to Rate this Post:
0
?
एचकेनेपाल डट कम अक्टोबर २० -
हङकङका केही युवाहरुले मिलन चक्रे माओवादीको कव्जामा नपरेको दावी गरेका छन्।
युन लोङका चेतन गुरुङका समूहले एचकेनेपाल डट कमलाई फोन गरी दिएको जानकारी अनुसार एचकेनेपाल डट कम र नेपालका केही पत्रपत्रिकालगायत केही ब्लगहरुहरुमा प्रकाशित मिलन चक्रे माओवादीको कब्जामा परेको समाचार निराधार रहेको बताएका छन्।
चेतन गुरुङले एचकेनेपाल डट कमसंग फोन सम्पर्कमा बोल्दै मिलन चक्रे माओवादीको कब्जामा परेको समाचार सत्य होइन भनेका छन्। उनी अहिले देशबाहिर रहेको बताउंदै आफूहरुसंग फोन सम्पर्कमा पटक पटक आई रहेको बताएका छन्।
मिलन चक्रे माओवादी कब्जामा परेको समाचार यस्तो थियो -
एचकेनेपाल डट कम काठमाडौं प्रतिनिधि-
काठमाडौंमा संगठित रुपमा अपराध गर्ने ‘डन’ हरुलाई माओवादीले आफ्नो कब्जामा लिन थालेको छ। यसै क्रममा उपत्यकामा नामुद गुण्डाका रुपमा नाम चलेका मिलन चक्रेलाई माओवादीले कब्जामा लिएका छन्।
महाराजगञ्जको आफ्नै इलाकामा बसिरहेका चक्रेलाई माओवादी छापामारहरुले आफ्नो नियन्त्रणमा लिएका थिए।
माओवादीले उनीहरु लगायत अन्य पनि संगठित अपराध गर्नेहरुलाई समातेर पाटनका विभिन्न गाउँमा थुनेर राखेको बुझिएको छ।