Posted by: gaalab October 21, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
ग्वाँचे -- फिर्ती सवारी भो? अनि इन्डिया टुर कस्तो भो हो? कुनै पसलेले जबर्जस्ती समातेर सामान त भिडाएन? ल, परदेशमा पुन: स्वागत छ। चित्रेले क्या दामी चित्र बनाउने रैछ। हैन, कि फोटोग्राफर-सोटोग्राफर पर्यौ? यदि हो भने हाम्रो पनि फोटो खिच्न लगाउन पर्नी। ल, गाम्ले हो! तलको दुइटै प्रश्नको उत्तर एउटै शब्दमा दिनुहोला। गोरु रोगायो के ले? पैसा जोगायो (खर्च हुनुपर्ने, नभैकन टर्यो) के ले? सही उत्तर दिनेलाई एक दर्जन पटक्का उपहार दिइनेछ।
Read Full Discussion Thread for this article