Posted by: kp dhungana October 20, 2006
तिहार लगत्तै शिर्ष वार्ता
Login in to Rate this Post:     0       ?        
सात राजनीतिक दल र माओवादीविच राजाको स्थान र हतियार व्यवस्थापको विषयमा सहमतिको अभावमा रोकिएको शिर्ष बैठक तिहार लगत्तै पुन शुरु गर्न सरकार तयार भएको छ । सात राजनीतिक दल र माओवादीविच चार चरणको शिर्ष वार्ताद्धारा तोकिएको संविधान सभा निर्वाचनको तोकिएकै समयभित्र सम्पन्न गर्न शिर्ष बैठक तत्काल शुचारु गर्नुपर्ने निष्कर्षका साथ शुक्रवार बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तिहार लगत्तै शिर्ष वार्तालाइ निरन्तरता दिने बताएको रहेछन् । सरकार र माओवादीविच चलेको शिर्ष वैठकका कारण तीन सातादेखी मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन । यसविचमा केही मात्रामा भनेपनि आराम मिलेको थियो । तर, तिहारकै मुखमा आएर फेरी बैठक बसेछ । बैठकमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले संविधान सभा तोकिएको समयभित्र सम्पन्न गर्नका लागि तिहार लगत्तै शिर्ष बैठकलाइ पुन शुरु गर्नुपर्नेमा जोड दिएका रहेछन् । बैठक स्रोतका अनुसार कोइरालाले वार्ता सकारात्मक मोडमा पुगेको मन्त्रीहरुलाइ बताएका रहेछन् । कोइरालाले वार्ता हतियार व्यवस्थापनमा पुगेर रोकिएको भएपनि तिहार लगत्तै हुने शिर्ष बैठकले सोको टुङ्गो लगाउनुपर्ने बताएका रहेछन् । बैठकमा माओवादीद्धारा जारी चन्दा संकलन अपहरण र आचारसंहिता उलंघनका घटनामा बृद्धि भएको बताउँदै मन्त्रीहरुले माओवादीको आलोचना समेत गरेछन् । विशेष गरी उपत्यकामा’ गुण्डा तह लगाउने’ बहानामा नागरिकलाई पक्राउ गरी यातना दिने कार्यमा त्रि्रता आएकोमा मन्त्रीहरुले माओवादीको आलोचना गरेका थिए । उनीहरुले सरकारी वार्ता टोलि संयोजक सिटौलालाइ माओवादी वार्ताटोलिलाई कुनै विषयमा आफैं हस्तक्षेप नगरी बरु सरकारलाई सल्लाह दिन ध्यानाकर्षणका लागि आग्रह गरेका थिए । बैठक स्रोतका अनुसार बैठकमा सहभागि केही मन्त्रीहरुले उच्चस्तरिय आयोगद्धारा लिखित रुपमा सोधीएको प्रश्नको राजाले अवज्ञा गरेको भन्दै राजाको आलोचना समेत गरेका रहेछन् । यो औपचारिक समाचार मात्र हो । वास्तवमा बैठकमा के के भएको थियो र निर्णयहरु के के भए भन्ने विषयमा सहजरुपमा जानकारी आउनसक्दैन । साह्रै झ्याउ छ यो क्याविनेटको समाचार लेख्न । तर ढुक्क के भने कसैले इस्कुप नै मार्यो कि भनेर डराउनुपर्ने कारण पनि केही छैन । किनकी किनकिन सरकार विट लिने पत्रकारहरु अहिले सुस्त भएका छन् । त्यसैले बैठकवाट बाहीर आएर मन्त्रीहरुले सरासर जे जे भन्छन् त्यसैमा आधारीत भएरै समाचार लेख्ने प्रचलन रहेको छ । sOURCE: www.hamroblog.com
Read Full Discussion Thread for this article