Posted by: Nepe October 16, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
Just for more and free publicity. Highlights of the 20th Edition of "Samayik Shayari" Faiz's shayari: दस्त-ए-सैय्याद भी आजिज है कफ-ए-गुल्चीं भी बु-ए-गुल ठहरी न बुल-बुल की जबाँ ठहरी है (न ब्याधाको मुठ्ठीमा थुनिएको छ गीत जुरेलीको कतै न फूल बेच्नेको अँजुलीमा बाँधिएको छ बास्ना चमेलीको कतै) हम ने जो तर्ज-ए-फुगाँ की है कफस में इजाद "फैज" गुलशन मे वो तर्ज-ए-बयाँ ठहरी है (पिंजडामा हिजो पंछीहरुले क्रन्दन जुन शैलीमा रचे आज बगैचामा त्यही शैलीको गायन लोकप्रिय जचे) *** *** *** *** Maoists do not have a PLAN to establish a totalitarian regime in Nepal. ...सबै कालखण्ड र मोडमा नेपाल शक्तिको मुद्धा प्रधान भएको र विचारको मुद्धा गौण भएको संभ्रान्त राजकिय द्वन्दबाट गुज्रिरहेको थियो । माओवादीहरुले, यसलाई विडम्बना नै भन्नुपर्छ, सशस्त्र विद्रोह शुरु गरेर, शक्ति र विचार दुवै प्रधान भएको नयाँ प्रकृतिको द्वन्द सृजना गरे । यत्ति हो, माओवादीहरुले साम्यवादी ध्वजा र साम्यवाद प्रदुषित rhetoric प्रयोग गरेकोले यो वैचारिक द्वन्दले अत्यन्त महंगो अन्योलता भोग्नुप-यो । माओवादीहरुको साम्यवादी ध्वजा र साम्यवाद प्रदुषित नारा उनिहरुको निरङ्कुश साम्यवादी सत्ता स्थापना गर्ने लक्ष्य र आत्मविश्वासबाट नभई उनिहरुको सांगठनिक विरासत, trade mark र मोलतोल उपयोगिताको लागि भएको वा हुन पुगेको हो भन्ने मेरो निस्कर्ष छ । र मेरो यो निस्कर्ष दुई प्रमाण/तर्क मा आधारित छ । एक प्रमाण त... **** **** **** On Maoist threat of "Urban uprising" माओवादी "शहरी विद्रोह", जुन नहुने कुरामा म आशावादी छु, भयो भने त्यो एउटा दूर्भाग्य हुनेछ । पहिलो कुरो त माओवादीको, अन्ततोगत्वा, विजय हुनेछ । र अहिलेसम्म परिक्षण नभईसकेका माओवादीको mercy मा पुग्नेछ मुलुक । दोश्रो, जनआन्दोलनको अपमान हुनेछ यो । जनआन्दोलनले दिएको आदेश हो, सात दल र माओवादी partners भएर लोकतान्त्रिक गणतन्त्रको शान्तिपूर्ण संस्थागत विकास गर्नु । सातदल र माओवादीको मेलमिलाप र partnership हो जनआन्दोलनको आदेश । त्यो नहुनु एउटा विडम्बना र दूर्भाग्य नभए के हो त ? तर मैले भने नि म आशावादी छु, शान्तिवार्ता सफल हुनेछ र सहमति गणतन्त्रकै पक्षमा हुनेछ । किनकी, जनआन्दोलन रोकिएको दिनदेखि यता यो 6 महिनामा भएका घटनाक्रम नियाल्ने हो भने यथास्थितिवादीका नाईके गिरिजा प्रसाद कोईरालाले जनआन्दोलन रोकिएको भोलिपल्टैदेखि थालेका हरेक राजतन्त्रप्रेमी तिकडमबाजीहरु कि त असफल हुदै गईरहेका छन्, कि त त्यसले रणनैतिक लाभ माओवादीलाई दिएको छ । आजको जनचेतना र शक्तिसन्तुलनलाई हेर्दा अबको तार्किक निकास भनेको, in order of probabilities, कि त गिरिजादिद्वारा गणतन्त्रप्रति आत्मसमर्पण, कि त दलहरुको नेतृत्वमा परिवर्तन र गणतन्त्रवादीहरुको आगमन (गगन थापा- नरहरि आचार्यले नेपाली कंग्रेस भित्र 'कु' गरेर नेतृत्व कब्जा गर्ने प्रकृतिको भनम् न ), नभए माओवादीको एकलौटी योजना र रजाईं हो । *** *** *** Why is NC and allied un-republican intelligentsia for monarchy ? कोईराला र केहि संभ्रान्त बुद्धिजीवीहरु किन राजतन्त्रको पक्षमा छन्, खास गरेर राजतन्त्रले अन्तिम सास लिईरहेको यो घडीमा पनि ? जहासम्म म देख्न सक्छु, यसका व्यक्तिगत र वर्गिय दुवै पाटाहरु छन् । व्यक्तिगत पाटो स्पष्ट छ, यी महानुभावहरु आजसम्म आफु राजतन्त्रको पक्षमा उभिएको जुन व्यक्तिगत, पारिवारिक र दलगत ईतिहास छ, त्यसलाई कुनै न कुनै उपायले justify गर्न चाहन्छन् । Ceremonial monarchy यिनिहरुको पछिल्लो तिकडमवाजी हो । वर्गिय पाटो अलि जटिल छ । सबभन्दा पहिले त राजतन्त्र-प्रेम वर्गिय हो कि होईन ? जहासम्म म देख्छु, केहि सामान्य अपवाद छाडेर राजतन्त्रको वकालत गर्नेहरु सबै कि त शासक श्रेणीका (प्रमुख रुपमा क्षेत्री-बाहुन, नयाँ पुराना संभ्रान्त आदि) कि त आफुलाई शासक श्रेणीको हैसियतका देख्नेहरु छन् । त्यसैले राजतन्त्रको वकालत वर्गिय चरित्र नै हो । अब प्रश्न उठ्छ, राजतन्त्रले यो वर्गको कस्तो स्वार्थ पुरा गर्छ, अथवा गरिरहेको थियो भनम् न ? यसको उत्तर यो वर्गले केहि वर्ष अघि सम्म राजतन्त्रको वकालत जे भनेर गरिरहेको थियो, त्यसैमा निहित छ । "नेपाली प्रजातन्त्रको जोर-खम्बा मध्ये एक", "राष्ट्रिय एकताको प्रतिक", "stabilizing factor", "अभिभावक" आदि आदि, सारांशमा, stabilizing factor. कुरा के भने नेपालको परम्परागत शासक वर्ग के fantasy मा रमिरहेको थियो भने राजा भए पछिलाई यसको mystique र शक्तिको जादूले नेपाली समाजमा जस्तोसुकै उत्पिडनहरु रहिरहेको होस् परम्परागत शासकिय स्थायित्व भने खलबलिनेवाला छैन । धेरैमा एकदुई जना जनजातीका व्यक्तिहरुलाई मन्त्री-सन्त्री बनाईदियो, दलित सलित, महिला सहिलाहरुकोबारे बेलाबखत यसो patronizing कुरा ग-यो, "अलिक टाईमा लाग्छ, धैर्य गर्नु, education ले ढिलोचाडो सब भेदभाव हटाईहाल्छ नि" भनिदियो, बस खेल खत्तम । नेपालको परम्परागत शान्तिमा, नेपालीहरुको सहिष्णुतामा चीरकालसम्म कुनै खलल आउनेछैन । नेपालको परम्परागत शासक वर्गले आफ्नै हातबाट, आफुले भने जस्तो, आफ्नै खटनमा नेपालको पाँचै विकास क्षेत्र, पचहत्तरै विकास जिल्ला र चार हजारै विकास नगर नगर र विकास गाउँ गाउँमा विकास पु-याउन पाउनेछ । राजतन्त्र यस fantasy को आधारशिला थियो । More: - http://www.dkhadka.com/home/20_Faiz_101506.htm *** *** *** ***
Read Full Discussion Thread for this article