Posted by: Sandhurst Lahure October 15, 2006
Late Dr. Harka Bdr. Gurung
Login in to Rate this Post:     0       ?        
This one below is a little dated but copied hereunder: Source: http://www.kantipuronline.com/Nepal/samayarekha.php *********** नेपाल, हर्क गुरुङ र चेतना By Abhi Subedi हर्क गुरुङ र अरू २३ जना महत्त्वपूर्ण व्यक्तिहरू २३ सेप्टेम्बर सन् छ सालको दिन कञ्चनजङ्घाको हिमाली पाखामा विलयन भए । जुन क्षेत्रको वातावरणीय प्राण रक्षा गर्न, विनाश रोक्न तिनले त्यति ठूला चिन्ता लिएर काम गरे, त्यही भूक्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी ती सुन्दर चिन्ता भएका मानवहरूको त्रासद अन्त्य भयो । शोक र अविश्वासले देश कति दिनसम्म स्तब्ध भएर टक्क रोकियो । यस त्रासद घटनाले राजनीतिइतर व्यक्तिको शक्ति नेपाली समाजमा कसरी व्याप्त भएको हुन्छ भन्ने देखायो । हर्क गुरुङको व्यक्तित्व अनि तिनले समयको क्यानभासमा के चित्र बनाएका थिए भन्ने कुरा विगत केही दिनमा देखा पर्‍यो । इतिहासको अभूतपूर्व मोडमा छ नेपाल । १० वर्ष जङ्गल पसेका हतियारधारी माओवादी छापामारहरू बाहिर आएका छन् । शक्तिशाली शाही राज्यसत्ता अन्त्यको सँघारमा छ । गुरुङले अरूले जस्तै पञ्चायत र परविर्तित दुवै युगमा काम गरे । योजना आयोगको उच्च पदमा काम गरे तिनले । अर्को अर्थमा हर्क गुरुङलाई नेपाली इतिहासले अनेकौँ कामका जिम्मा दियो । पञ्चायतकालमा तिनले दक्षिणी डेमोग्राफी विषयमा प्रतिवेदन दिए । तिनको उद्देश्य विखण्डन थिएन । तर, तिनको आलोचना भयो । तिनलाई मृत्युदण्ड दिनुपर्छ भन्नेहरू पनि निस् के । तर, तिनले साँंघुरो राष्ट्रवादको वकालत गरेका थिएनन् भन्ने धेरैले स्वीकार गरे । तिनले मधेशी विषयका अनेकौँ सेमिनारहरूमा खुला भएर आप\mना कुरा राखेको र अरूले रचना गरेका भ्रम विषयमा बोलेको सुनेको छु । हर्क गुरुङजस् तो यस देशका मानिसका विविधता बुझेर अरूले पनि लामो समय काम गरेका होलान् । थाहा छैन । डेढ महिनाअघि तिनले र साथीहरूले मिलेर निकालेका नेपालका भाषिक र जातीय समूहका दुई एटलस्ले उनको त्यही ज्ञानलाई बुझाउँछन् । कुलगुरुजस्ता ती युवाहरू तयार गरेर हिँड्थे । उनीसँगै हिमालयमा विलिन हुने डा चन्द्र गुरुङ, उनका त्यस्तै युवक चेला थिए । हर्क गुरुङ जोनाथन लिभिङ्स्टन सिगलजस्ता चरा थिए, जो युवाहरूलाई उड्न सिकाएपछि मध्य आकाशमा आप\mनै अलग शाश्वत बाटो लिएर उड्थे । सन् '६० र '७० का दशकमा गुरु र अग्रजको विम्ब यसरी नै बनिएको हुन्थ्यो । मेरो त्यही संस्कारले बनिएको मन रहेछ । तिनका एउटा चेला चन्द्र गुरुङलाई सँगै लिएर आकाशमा ती सिगल आपै“m विलयन भएको खबरले घाँंटी अवरुद्ध भयो एकछिन । दुःखद् घटना परेपछि मनमा विम्बहरू ओइरन्िछन् । समयका पर्दामा ती विम्बका पुनरावृत्ति हुन्छन् । मैले पनि ती विम्बहरू आप\mनै किसिमले हेरेको छु । आफूले राम्ररी चिनेका अरू दुई जना पनि परे । चन्द्र गुरुङ र फिनल्याण्डका शाजेदफेयर्स पौली मस्तोन्नेन्का नाम भन्छु । मस्तोन्नेन्ले यस घटनाको केही दिनअघि मात्र मसँग फोनमा लामो कुरा गरेका थिए । ती मेरा काठमाडाँै पोस्ट मा निस्कने लेखहरू पढेर प्रतिक्रिया दिन्थे । 'प्रा लोकराज बरालसँग तिम्रा लेख किन सङ्कलन गरेर नछाप्ने ? भनेँ मैले," तिनले मलाई सुनाए । राजाको पहिलो घोषणा स्वीकार गर्न सात दललाई फकाउने समूहमा ती पनि थिए । मैले पोस्ट मा एउटा लेख लेखेर राजदूतहरूको आलोचना गरेँ । मस्तोन्नेन्ले फोन गरेर आलोचना मन परेको सुनाए । "नेपालीले आप\mना समस् या आपै“m हल गर्नुपर्छ, विदेशीहरूको सहयोग त्यसैमा केन्दि्रत हुनुपर्छ," ती भन्थे । हर्क गुरुङको यो त्रासद मृत्युले अहिलेको नेपालमा नायकको अलग विम्ब उजागर भएको छ । अकस्मात् देखेँ । नेपालमा निकै समयदेखि राजनीतिज्ञभन्दा अर्को मानिस नायक हुन सक्तैन भन्ने धारणा बनिएको छ । त्यो राजनीतिज्ञ सम्पूर्ण आशा र शान्तिका सपनाको केन्द्र हुन्छ । कारण धेरै छन् । एउटा कारण तिनका हतियार र राज्यसत्तामा तिनको एकाधिकार हो । धेरै समय देशमा राजनीतिज्ञहरूका विम्बले मात्र कब्जा जमाइरहे भने मानिसको कल्पना गर्न सक्ने क्षमताको ह्रास हुन्छ । राजनीतिका दुरुह 'फर्मुला' हरू ओखरजस्तो फेारेर, तिनमै केही आशा र भरोसाका स-साना निजी आकाशका रचना गर्दै बस्  नु मानिसको नियति बन्छ । तर, देशमा अस् िमताको निम्ति चाहिने अरू पनि कुरा छन् । ती कुरालाई उजागर गर्ने र तिनको रक्षाका निम्ति काम गर्ने नायकहरू पनि छन् भन्ने चेतना मानिसहरूमा हुनुपर्छ । डा हर्क गुरुङको यो त्रासद मृत्युले मानिसहरूका यस्तै अर्का नायक थिए र हुन्छन् अनि हुनुपर्छ भन्ने चेतना नाटकीय ढङ्गले डेढ साताभित्रै उजागर र विकसित भयो । मानिसहरूले हर्क गुरुङ र साथीहरूका विम्ब अनि तिनका मायाले गर्दा देशको अस्मिता राजनीति मात्र नभएर पर्यावरण, नदी र खहरे, हिमाल र बेशी, तराई र जङ्गल अनि घाम र वषर्ा पनि हो भन्ने बुझे । संसारकै अद्वितीय हिमाली र तराई क्षेत्र, वनस् पति, विविध जनावर र प्रकृति भएको महान् घर हो नेपाल भन्ने कुराको चेतना हरेक नेपालीलाई हुनुपर्छ । विश्वमा अहिले आवोहवामा भयानक परविर्तन हुँदैछ । नेपालजस् तो देशमा कस् तो प्राकृतिक पर्यावरणमा हामी बाँचेका छौँ र कति महान् देशमा छौँ अनि होश गरेनौँ भने भोलि कति ठूला विपत्तिमा पर्नेछौँ भन्ने कुरा बुभ\mनु कुनै पनि राजनैतिक चेतना र अन्ध राष्ट्रभक्तिभन्दा महत्त्वपूर्ण कुरा हो । नेपालका संास् कृतिक र भाषिक समूहका विविधता अनि बाहुल्य प्रकृतिको बाहुल्यजस् तै नेपालका महान् उपलब्धि हुन् भन्ने कुरा बुझाउन डा हर्क गुरुङले आप\mनो जीवन बिताए । सन् १९९७ मा टोकियो विश्वविद्यालयमा थिएँ म । त्यहाँ गुरुङले जापानीलाई यही कुरा सुनाएर चकित पारेको सम्झन्छु । हर्क गुरुङले नेपालको पैदल भ्रमण गरे । तिनको साझा प्रकाशनले छापेको भिन्यात् अफ नेपाल -०३६) अथवा नेपालका एकपट्टबिाट देखेका चित्र भन्ने किताबमा तिनको जीवनको युलिसस यात्रा देखिन्छ । तिनका सम्पूर्ण कामहरूको शक्ति त्यही महाकाव्यिक यात्राको स्पन्दनबाट बुझिन्छ । हर्क गुरुङ र मेरा गुरु कमलप्रकाश मल्लले पढेको एडिनबरा विश्वविद्यालयमा भर्ना भएको दिन म सानो सुन्दर आकाश भएको थिएँ । डा हर्क गुरुङले सुन्दर नेपाली आकाश रचना गर्न खोजेको कुरा सधैँ मेरो काल्पनिकी भएको छ ।
Read Full Discussion Thread for this article