Posted by: gaalab October 14, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
नमस्कारम् तासको कुरा गर्दा यसचोटि नेपालमा तास खेलेको याद आयो। जम्मा २ दिन खेलियो। एक रुपियाँ प्वाइन्ट खेल्दा पनि २ घन्टमा २०० रुपियाँ फुत्क्यो नि! अर्को दिन चैं थुप्रो मारिया थ्यो तर हातमा क्यास फर्क्या चैं जम्मा १०० रुपियाँ। बाँकी, कोही आफ्नै मान्छेबाट लिनुपर्नी कोही उधारोमा गयो। अब त्यो पैसा कैले उठाउनी? तिहारमा चैं यसपाली यतैतिर खटाखटी नगद खेल्नु पर्ला। कौडा चैं, जम्मा कौडाको संख्या -- १६ ठाडाको संख्या + घोप्टाको संख्या = १६ दाउको हिसाब चैं ठाडाको संख्याले हुन्छ भनम् न तिया -- ३, ७, ११, १५ वटा कौडा ठाडा चौका --४, ८, १२, १६ वटा कौडा ठाडा पञ्जा‍‍ -- १, ५, ९, १३ वटा कौडा ठाडा छक्का--२, ६, १०, १४ वटा कौडा ठाडा एक एक वटा दाउ लिएर चार जना बस्छन्। आफूले कौडा हान्दा आफ्नै दाउ पर्यो भने अरु तीन दाउमा राख्या जति पैसा खान पाइयो। अर्काको दाउ पर्यो भने, जुन दाउ परेको हो त्यो दाउमा राख्या जति पैसा तिर्न परो र अब कौडा हान्नी पालो पनि त्यै ठाउँमा सर्यो। कौडा जत्तिको सजिलो जूवा क्यै छैन होला। पुनश्च: हे हे हे!! नमस्ते गरेँ है प्रभुहरु!! :डि
Read Full Discussion Thread for this article