Posted by: Poonte October 13, 2006
~ चौतारी तिहार बिशेष ~
Login in to Rate this Post:     0       ?        
लौ भन, चित्रे! तीन पत्रे बँगुरको मासु पर पर पोल्या खान्छौ कि, बोनलेस ल्याम्बको छोएला खान्छौ कि, खसीको भुट्टन खान्छौ कि, चिकेन चिल्ली? तिमी रोजी रोजी, म खोजी खोजी ल्याम्ला! पाईनएपल सोडाँ सिट्रस एब्सोलुट घोलेर बाजाई सकें मुईले त! तिहार कै मुखाँ परो, कौडा नि हानम् कि के हो? ल, ल, ल! लँगुर बुर्जा! आ-आफ्नो भाग्याको परिक्षा गर्नुहोस्! दाउँ छानेर राख्नुहोस्! आएको बाद छैन, खानलाई लाज छैन! आएको, आएको, आएको, पुन्टेले मारेको! मेरिज पुनि फिटम्ला, कुम्ले आम्ने भए त! ६ घण्टामा १० थपेर उँधो लागे त आईपुग्थ्यो मेरै ढोकाँ! ल, ल ल, कता कता गए सब गाम्लेहुर? आम्, आम्, आज मज्जा अरम्!
Read Full Discussion Thread for this article