Posted by: gaalab October 11, 2006
~चौतारी दशैं बिशेष~
Login in to Rate this Post:     0       ?        
ठुल्नानी -- मैले कहाँ तिमेरुलाई हेलाँ गरेको छु र? यस पटक सान्फ्रे गाममा काम परो र पो त्यताको मान्छेलाई सोधिहेरेको। उत्तरको लागि धन्यवाद! हेरौं तितौरीबाट क्यै उत्तर आउँछ कि! पुन्टेदाइ -- ढिंडो त मज्जासँग खाइन्छ; अरे बा! खाने कुरामा पनि जातभात लाउने? यो मुखले ढिंडो चाख्न नपा' पनि जुग भइसको। आफ्ना घरतिर फल्दैन; अर्काको घरमा गयो 'पाहुनालाई के ढिंडो दिने?' भनेर दिंदै दिंदैनन्। तपैंकाँ आउन त मुन नभा' हैन! तर क्यार्नी, बोसले छुट्टी नै दिंदैन। सान्फ्रेबाटै फर्किन पर्नी भो र पो। अघिल्लो चोटि त्यतातिरा आउँदा गोडा दसेक दिन जति घुम्या थिएँ। यसचोटि चैं क्यै नलाग्नी भो।
Read Full Discussion Thread for this article