Posted by: Poonte October 11, 2006
Login in to Rate this Post:
0
?
अल्छी ला’र कत्ति धोबिनीले पा-या रउसि मत्रै धोक्नु भुनेर हिजो पल्ला गामको मोटी साउनीकाँ ग’को। मोटी नि बिसित्तै मोटी छे। लड्यो भुने उठ्नै नसक्लि जस्ती। हिँड्दा नि गुल्ट्या जस्तै देखिनि।
मेरिबास्सै! तो रिकुटे त त्याँ टिल्ल परेर गीत गाइ रा’ र’च। अमिताब ईस्ट्यालाँ कुप्रेर पाईला पछाडि फाल्दै।
“जिस्की बीबी मोटी, उस्का भि बडा काम है
बिस्तर पे लिटादो (ट्याङ्की ट्याँकी ट्याँक्यूऽऽऽऽऽऽऽऽऽ)
बिस्तर पे लिटादो,
गद्दे का क्या काम है?
मेरे अंगने मे…”
मेरै आँखा अगाडि साउनीको सनासोको झट्टरो खायो बज्जेले! मसंग गुहार माग्न आओ, मुईले त चिने नचिने जस्तो अर्दिएँ के रे। हुन त मुलाई नि संग संगै नाचुम् नाचुम् जस्तो ला’थो के रे।