Posted by: meroDeurali October 7, 2006
काठमाडौं
Login in to Rate this Post:     0       ?        
पान्डव सुनुवार दाई बाहेक अरु को पिल्सिएको छ काठमाडौं बाट ? दिनेश अधिकारी, नेपालका एक प्रसिध युवा कवीले यसरी काठमाडौं भोगेका छ्न । उनैको शब्दहरुमा प्रस्तुत छ सानो झलक । “…तिमी जो गुन्यु चोलिको सभ्यतमा हुर्किएकी छेउ तिमी जो एंचो प ईंचो र पर्ममा रमाएकी छौ भेटघाट को रहर ले हरहराएर जांदा माईतिले ढोका थुनेको हेर्न च।हन्नौ भने बिन्ती ! यो शहरमा न आउनु कम्तिमा पनि म आफुलाई मेरो यहाँको आगमन आफ्नै भाईले आफुमाथि वालात्कार गरे जस्तो लागेकोछ । आफ्नै बाबुले आफुमाथि हातपात गरे जस्तो लागेकोछ ।….. ………………… सुन ! यहाँ आएर तिमीले हेर्ने लामा र फ रा किला अलक त्रे सड्क न हो त्यो, तिम्रै घर अघिल्तिर बाट गोरेटो ख न्न छुट्याउनु पर्ने तर नछुट्याएर हड्पेको राष्ट्र्को बजेट हो । यहाँ आएर तिमीले हेर्ने घण्टाघर्, धरहरा, होटेल र अग्ला ठूला महल न हो त्यो, तिम्रै गाउँमा पंधेरो, फड्के र कुलो बनाउन दिनुपर्ने रकम नदिएर तिम्रै बिरुध रचिएको षड्यन्त्रको प्रतिफल हो । काठमाडौं ! आफ्नो अगेना चि सि यो भने मांग्न जांदा छिमेकी अगेनाको आगो दिदैन तिमी, छिमेकी र आफन्त मर्दा काठमाडौं ! तिम्रो लाश उठाउन मला मि दिदैन ।…….”
Read Full Discussion Thread for this article