Posted by: Nepe September 29, 2006
Nepali origin leaders in foregin countries
Login in to Rate this Post:     0       ?        
Nepali Post report: अमेरिकी काउन्सल मेम्मरको उम्मेदवारमा नेपाली नेपालीपोष्ट प्रतिनिधि वासिंड.टन डीसी, अगस्ट २३ जनकपुर नगरमा जन्मनुभएका ४७ वषिर्य रोजर अधिकारी अमेरिकी राजनीतिमा सक्रिय रहन थाल्नुभएको छ । अधिकारीले आउँदो नोभेम्बर ७ तारिखमा हुने स्थानीय निर्वाचनमा नर्थन क्यालिफोर्नियास्थित ट्रेसी शहरको काउन्सल मेम्मरको उम्मेदवारी दिनुभएको छ । उहाँले जनकपुरको धुलेस्कुलबाट आफ्नो प्रारम्भिक शिक्षा थाल्नर्ुभई हाइस्कुलस्तरको कक्षा जनकपुरकै सरस्वती हाइस्कुलबाट सक्नुभएको हो । काठमाडौंस्थित थापाथलीमा रहेको इन्जिनियर कलेजबाट मेकानिक्स ओभरसियर बन्नुभएका अधिकारीले नेपाल बायु सेवा निगममा रही केही वर्षसेवा समेत गर्नुभएको थियो । नेपाल ओभरसियर एसोसिएसनका फाउण्डर सदस्यमध्येका एक अधिकारी आफू त्यो बेला पनि मजदुरहरुका हकहितका लागि आन्दोलनमा उत्रिने गरेको बताउनुहुन्छ । सन् १९८१ मा पाइलट कोर्षगर्न वायु सेवा निगमबाटै अमेरिका आइपुग्नुभएका अधिकारी सन् १९८५ पाइलट बन्नुभएको थियो । उहाँले पाइलटिड. कोर्षगरेपश्चात् एरोनोटिकल इन्जिनियरिड. पनि पुरा गर्नुभयो । अधिकारीले सन् १९८९ देखि २००० सम्म युनाइटेड एयरलाइन्समा एरोनोटिक इन्जिनियर भई काम गर्नुभयो । उहाँ अर्कोतिर फ्याइट इन्स्ट्रक्टरदेखि लिएर ओक्लोन इन्टरनेशनल एयरपोर्ट क्यालिफोर्नियामा चारवर्षम्म आफ्नै फ्याइट स्कुल पनि उहाँले चलाउनुभयो । अमेरिका आएर पढ्नु त्यति सजिलो छैन । त्यसैले आफ्नो पढाइलाई अगाडि बढाउन न्युयोर्कमा अण्डरग्य्राजेएट गरुन्जेल विभिन्न रेष्टुरेन्टहरुमा काम गर्दै आफ्नो पढाइलाई पूरा गर्नुभएका अधिकारीले युनाइटेड एयरलाइन्समा काम गर्दा गर्दै फाइनान्समा एमवीए गरेपश्चात् फेरी सोही एयरलाइन्समै रही एयरलाइन्सको फाइनान्स हर्ेर्ने जिम्मेवारी पाउनुभयो । र, उहाँले हाल क्यालिफोर्नियास्थित सिल्कनभ्यालीमा रहेका विभिन्न कम्पनीहरुको फाइनान्स कन्स्ल्लट्यान्ट बनी काम गर्दै आउनुभएको छ । उहाँको अहिलेको मुख्य काम कर्पोरेट फाइनान्सिड. कन्स्ल्ट्यान्ट हो । हाल बसोबास गरिरहेको क्षेत्रमा अधिकारी बसेको १३ वर्षभयो । आफू बसेको समाजमा आफूले पनि केही गर्नुपर्छ भन्ने लागेर नै अहिले काउन्सल मेम्मरमा उम्मेदवारी दिएको बताउनुहुन्छ । आफ्नो समूहका मेयर सहित तीन जनाले एउटै एजेण्डा लिएर उठ्नाका कारण पनि उहाँहरुको प्यानल हाल सो क्षेत्रका बासिन्दाहरुका अगाडि निक्कै अगाडि आएको कुरा स्थानीय पत्रपत्रिकाहरुले उल्लेख गरेका छन् । चार जना सिटी काउन्सल र एक जना मेयर रहने उक्त पदका लागि हाल दर्ुइ जना काउन्सल र एक जना मेयर पद खाली रहेको र यो तीन पदका लागि तिनै जनाको शहर बनाउने एउटै उद्देश्यका साथ चुनावी प्रतिस्पर्धा हुन गइरहेको छ । तीन जनाको पदपर्ूर्तीका लागि दश जना उम्मेदवारहरु छन् । अधिकारी त्यसो त रजिष्र्टड डेमोक्रयाट पार्टर्ीीदस्य हुनुहुन्छ । यसअघि पनि उहाँले राष्ट्रपतिय उम्मेदवारदेखि स्थानीय विभिन्न डेमोक्रयाट उम्मेदवारहरुको पक्षमा सक्रिय रुपले हिड्दै आउनुभएका कारणले पनि सो क्षेत्रका बासिन्दबीच उहाँ परिचित हुनुहुन्छ । कुनै पनि शहरमा जनसंख्या हृवातै बढ्नुहुँदैन भन्ने मान्यता राख्ने उहाँहरुको समुहको मुख्य उद्देश्य जमीनलाई मास्न नहुने, चारैतिर घरमात्र बनाउन नहुने र शहर भित्र भएको जमीनलाई नै प्रयोग गरौं बाहिर बाहिर नजाउँ भन्ने रहेकोे छ । उहाँ अगाडि भन्नुहुन्छ, हामीपछिको पुस्ताले पनि अर्थात् हजारांै वर्षपछि आउने सन्ततीका लागि आफूहरुले सुविधा दिनर्ुपर्छ भन्ने हाम्रो मान्यता हो । आफू बसेको शहरमा गएको २० वर्षा जनसंख्या झण्डै २० गुणा बढेर गएको भएपनि यहाँ जुन रुपले शहरको विकास हुनुपर्ने हो त्यो भने नभएको उहाँको धारणा छ । त्यो सन्तुलित विकासका लागि पनि हाम्रो उम्मेदवारी हो । आफूहरुले अन्य शहरसँग जोड्नका लागि स्थानीय र्सार्वजनिक यातायातका लागि काम गर्ने, आउँदो १ सय २० दिनभित्र स्थानीय नागरिकहरुको एक कार्यदलमार्फ् शहरमा कस्ता कस्ता व्यापार, व्यवसाय ल्याउन सकिन्छ त्यसको लागि काम गर्ने भन्ने पनि उहाँहरुको उद्देश्यभित्र रहेको छ । तपाईंलाई राजनीतितर्फके ले आकर्षा गर्यो त्यो पनि अमेरिकामा - भन्ने प्रश्नको जवाफमा अधिकारी भन्नुहुन्छ, राजनीति भनेको आम नागरिकहरुको विकासका लागि गर्ने हो । नेपालमा पनि आफू १६ सत्र वर्षउमेरदेखि नै मजदूर आन्दोलनमा उत्रिएको र अरुलाई पनि मद्दत गर्नुपर्छ भन्दै आएको हुँ । आफू आर्थिक अवस्थाले पनि सक्षम भएपछि अब अरुका लागि पनि काम गर्नुपर्यो भनेर राजनीतिमा लागेको हुँ । आफू जस्तो मान्छेको सद्भावना र वुद्धिविवेक यहाँ पनि चाहिदो रहेछ भन्ने उहाँले महसुस गर्नुभएको छ । उहाँको धारणा छ, बुद्धि विवेक भएको मान्छेले अरुलाई पनि मद्दत गर्नुपर्ने र नेपालमा आफ्ना बुवाहरु समेत सात सालको क्रान्तिमा जेल गएको व्यक्ति भएर पनि हुनसक्छ त्यो रगत आफूमा आएको । आफ्नो नेपालप्रति पनि उत्तिकै माया छ जुन मुलुकबाट मैले हाइस्कुल सिध्याएर आएँ र अमेरिका प्रति पनि मेरो माया पनि छ र उत्तरदायित्व पनि । अब म यही मुलुकबासी भइसकेको छु । सारो गारोपर्दा यहाँकै छरछिमेकीहरुले आफूलाई मद्दत गर्दै आएका छन् भने मैले पनि आफू बसेको ठाउँमा केही गर्नुपर्छ भन्ने लागेर नै काउन्सलमा उम्मेदवारी दिएको हुँ । उहाँ यो निर्वाचनमा आफू निर्वाचित भएमा एक अवधिभरमात्र रहने बताउँदै शहरका लागि राम्रो काम गर्न राजनीतिमा लागेको हँु भन्नुहुन्छ । नेपालका लागि हामीले प्रवासमा रहेर के गर्नुपर्छ जस्तो लाग्छ यहाँलाई - भन्ने प्रश्नमा अधिकारी भन्नुहुन्छ, नेपालका लागि हामीले गर्न सक्ने कुरा सीमित छन् । जस्तो हामीले अब त्यहाँ गएर व्यापार व्यवसाय गर्न सक्दैनौं । किनकी त्यहाँको प्रशासनिक यन्त्रसँग हामी प्रत्यक्ष रुपले चल्नै सक्दैनौ । यसैले हामीले यताबाट कुनै नाफामूलक व्यापार व्यवसायमा लगानी गर्न सक्छौं । जुन काम उपेन्द्र महतोहरुले गरिरहनुभएको छ त्यस्ता कार्यक्रमहरुमा शेयर लगानी गरी हामीले नेपालको विकासमा सहयोग पुर्याउन सक्ने उहाँको धारणा छ । उहाँ अगाडि भन्नुहुन्छ, हामीले मुख्य गरेर बाहिर आफूले जानेका र सिकेका ज्ञानलाई नेपालमा उपयोग गर्न सके त्यो राम्रो हुन्छ । नेपालको वर्तमान राजनीतिक अवस्था राम्रो बाटोतिर गइरहेको उहाँ ठान्नुहुन्छ । उपल्लास्तरका सबै नेताहरु मुलुकमा शान्तिको पक्षमा अगाडि बढिरहेको कारणले राजनीतिक राम्रो बाटोतिर गएको उहाँको अनुमान छ । तर जिल्लास्तरमा भने अझै स्पष्ट हुन नसकेको कारण नेपालमा शान्ति स्थापना हुन अझै कति समय लाग्छ यसै भन्न नसकिने उहाँको विचार छ । जे भएपनि माथिल्लोस्तरमा सबै शान्तिको पक्षमा रहनुले उहाँ जन्ममुलुकको राजनीतिक भविष्य नराम्रो देख्नुहुन्न । राजा राख्ने र नराख्ने निर्ण्र्ाानेपाली जनताको हातमा भएको ठान्नुहुने अधिकारी आफूले लोकतान्त्रिक मुलुकमा रहेका कारणले पनि राजाको आवश्यकता नभएको बताउनुहुन्छ । हामी बाहिर बस्ने नेपालीहरुले राजा राख्ने र नराख्ने कुरा गर्नु कुनै सान्दर्भिकता छैन । छोरी समान्ता, छोरा क्रिस र मनोविज्ञान विषयमा विद्यावारिधी गर्नुभएकी श्रीमती साधनाका साथ रहँदै आउनुभएका अधिकारी नेपालको पछिल्लो जनआन्दोलनताका अमेरिकामा रहेर सक्रिय रुपले आफ्ना विभिन्न लेखहरुमार्फ् तथा स्थानीय सिनेटर र कंग्रेसम्यानहरुलाई पत्र लेख्दै नेपालको आन्दोलनप्रति सहयोग पुर्याउँदै आउनुभएको व्यक्ति हुनुहुन्छ । ___
Read Full Discussion Thread for this article