Posted by: samir28 September 28, 2006
नारायण गोपाल को सम्झना मा
Login in to Rate this Post:     0       ?        
खबरदार जी , सबैलाई दशैं को शुभकामना सहीत त्यो गीत तल प्रस्तुत गर्दै छु । केटा -- बीछोडको पीडा नसकी खप्न दशैं को बेलामा तीमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा केटी -- डाँडा छ साक्छी यो दीन र राती नींद छैन आँखामा मन को कुरो बुझ्दैन कोही पहाडी पाखामा केटा -- तीम्रै लागी चुरा धागो मायाको चीनो लीएर मीठा मीठा कुरा जती मनमा साँचेर ---- २ डाँफे चरी झँ म बेग मारी झुल्कुँला सामुमा तीमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा केटी -- दुख पनी नासीएला भाग्यमा घाम उदाए सँधैभरी सुखी हुँला दर्शन उनको पाए ---- २ लैजाउँला उनलाई हात समाई ईश्वरको मन्दीरमा मन को कुरो बुझ्दैन कोही पहाडी पाखामा केटा -- बीछोडको पीडा नसकी खप्न दशैं को बेलामा तीमीलाई भेट्न आउँदैछु फर्की रमाइलो गाउँमा केटी -- डाँडा छ साक्छी यो दीन र राती नींद छैन आँखामा मन को कुरो बुझ्दैन कोही पहाडी पाखामा
Read Full Discussion Thread for this article