Posted by: sajhabusaima September 27, 2006
Login in to Rate this Post:
0
?
सि यन यन ले जुन कुरा प्रकास मा लेर्याउन खोजि रहेको छ, त्यो केहि पनि होइन हाम्रो देस मा यथार्थमा नेपाल मा आइ एल को प्रोजेट आए पछि केहि सुधार आए पनि धरताल उहि को ऊहि छ , सरकार को पोलिसि जति परिवर्तन गेरे पनि मानिसिकता त्यहि को त्यहि छ । यहि माथि कति साथि हरु को सोचाइ देख्दा दुख् लाग्यो तर यथार्थ मा सायद उहाँ हरु ले पनि यि बालक हरु को धरातल बाट गुज्रिनु भएको भय सायद बुझ्न सक्नु हुन्थ्यो कि ? जे भए पनि नेपाल मा बाल श्रम प्रयोग भएका क्षेत्र हरु :
१. हामि मध्य कति जना ले काठमाण्डौ बाट पोखरा वा चितवन यात्रा गरेको छौ । तपाइ ले त्यति ध्यान दिनु भयो कि भएन बाटा मा तपाइ ले खाना खानु भएका होटेल मध्य ७०% होटेल मा १५ बर्ष मुनि का बच्चा ले १५ घण्टा बाढि काम गर्छ अझ उ भन्दा कति गुना ठुला भाँडा हरु कम ज्याला मा ।
२. नेपाल मा कति % वच्चा हरु गिट्टि कुटेर उ मात्र नभइ आफ्नो परिवार पाल्छ त्यसको लेखा जोखा न त सरकार सँग छ न त त्यि गा बि स वा नगरपालिका सँग छ ।
३. काठमान्डौ कै सडक मा बच्चा हरु लाइ खलासि कन्डक्टर बनाउने प्रथा हराएको छैन , त्यो कस्तो होला काठमान्डौ बाहिर सायदै यकिन गर्न सकिन्छ ।
४.मकवानपुर , धादिङ, नुवाकोट, सिन्धुपाल्चोक जो काठमान्डौ बाट नजिक भएका जिल्ला बाट त बच्चा हरु लाइ सर्कस वा वेस्यालय पुर्याइन्छ इन्डियामा भने पश्चिम नेपाल मा हालत के छ भनेर सायदै सोच्न सक्नु होला याँहा हरुले।
५. धेरै जसो बोर्डर एरिया मा बच्चा हर लाइ भारि बोकाएर बोर्डर कटाउने गरिन्छ कम पैसा मा भने पाहाडि भेग मा गोठालो बनाइन्छ ।
६.माओबादि को नेता ले एकथोक भन्छ तर ग्राउन्डलेवल मा वच्चा प्रयोग रोकिएको छैन अझ पनि वच्चाहरु लाइ धेरै मात्रा मा प्रयोग गरिएको छ तथापि सेना को रुप मा पहिला भन्दा कम भए पनि।
७.अझ पनि धेरै कलकारखाना मा वच्चाहरु लाइ काम मा लगाइन्छ तराइ क्षेत्र मा।
८.थोत्रा कागज, पलास्टिक बोत्तल उठाउन मा वच्चाकै पर्योग बढि छ ।
९. तपाइ हरु मध्य कति ले बिराटनगर, बिरगञ्ज , सुनौलि, नेपालगञ्ज। महेन्द्रनगर मा रिक्सा , टाँगा चढ्नु भएको छ कतिलाइ ठेला गाडा मा समान बोक्न लागाउनु भएको छ । त्यि ठाँउ हरु मा १५-३५% सम्म बच्चाहरु ले काम गर्छन ।
१०. तराइ क्षेत्र का सिनेमा हल हरु मा वच्चाहरु लाइ टिकट दलाल को रुप मा धेरै प्रोयग गरिन्छ ।
यसका लागि सवै भन्दा कानुन लाइ कठोर बनाउनु जरुरि छ । अनि गाँउ गाँउ र सहर हरु मा महिला साक्षरता अनि महिला जगरता का साथ मा महिला हरुलाइ कानुन को ज्ञान दिनु जरुरि छ । हाम्रो देश मा कानुन भन्ने कुरा किताब वाट जब समाज मा पुग्छ यि बिस्तारै हराउदै जाने छ ।