Posted by: bidhan40 September 22, 2006
why loote and sajha user are quiet?
Login in to Rate this Post:     0       ?        
Army cant come out of barrack because they want a condusive environment for peace process . And see what maoist are doing. पश्चिममा बाघको छाला तस्करी तीब्र डिलबहादुर सिंह दिपायल, असोज ४ बैतडी र डडेल्धुराका विभिन्न गाविसमा बाघको छाला तस्करी गर्नेहरू सक्रिय भएका छन। बाघ मारेर छाला तस्करी गर्न माओवादीले 'शिकार अनुमति' दिएपछि छाला तस्करहरूले माओवालीलाई कर समेत तिर्न थालेको र्सवसाधारणको गुनासो छ। स्थानीय बासिन्दाले दिएको जानकारीअनुसार डडेल्धुरा जिल्लाका देवल र भागेश्वर गाविसमा मात्रै एक महिनाको अवधिमा २० भन्दा बढी पहाडी बाघ मारिएका छन। बैतडी जिल्लाको विशालपुर, रुपल्ली, किम्तोली, क्षेत्रका जङ्गलमा तस्करहरूले २५ भन्दा बढी बाघ मारेका छन। माओवादी सत्तालाई चालीस प्रतिशतसम्म कर तिर्ने गरेको बताउने तस्करहरूले माओवादीको अनुमतिपत्र देखाएर धम्काउने गरेको स्थानीय हरि ठकुल्लाले बताए। 'तस्करहरूले दार्चुला जनसरकारले दिएको शिकार अनुमतिपत्र देखाउने गरेका छन्'- उनले भने। बाह्रजनाको समूहमा आएका तस्करहरूले केही स्थानीय बासिन्दाको मिलेमतोमा बाघ मारिरहेको भागेश्वरका देव सिंहले बताए। दार्चुलाको हिमाली भेगका दर्ुलभ जडिबुटी तस्करहरू नै बाघ मार्ने काममा संलग्न रहेको स्थानीय बासिन्दाहरूले स्वतन्त्र समाचार सेवालाई जानकारी दिए।
Read Full Discussion Thread for this article