Posted by: aman September 20, 2006
Gabbar singh's Raj
Login in to Rate this Post:     0       ?        
माओवादीद्वारा लुटपाट र नजरबन्द प्रेम नेपाली मिजुरे -कास्की, असोज ३ - माओवादीले डकैत शैलीमा यहाँका एक परिवारको धनमाल लुुटेर गाउँमै नजरबन्दमा राखेका छन् । मिजुुरे गाविस-८, गहतेवेशीका पूर्व प्रधानपञ्च मीनबहादुुर गुुरुङको परिवारलाई माओवादीले लुुटपाट गरेेर नजरबन्दको घोषणा गरेका हुुन् । पीडित गुुरुङका परिवारका १४ सदस्य अहिले गाउँले र आफन्तको सहारामा बाँचेका छन् । माओवादीले गुुरुङमाथि भ्रष्टाचार, शोषण, दमन र सुुराकीको आरोप लगाउँदै लुुटपाट गरेदेखि नजरबन्दमा राखेको हो । कडा निगरानीमा राखिएका गुुरुङ परिवारले भय र त्रासका कारण आफ्नो पीडा खुुलेर व्यक्त गर्न सकेका छैनन् । परिवारमा ८० वषर्ीया झक्कुु, चार महिला र पाँच बालबालिकासहित १४ सदस्य छन् । 'माओवादीले नौ महिनाकी नातिनीको कपडा पनि छाडेनन्,' पीडित गुुरुङले असार २२ गतेको घटना सम्झँदै कान्तिपुुरसँग भने, 'यो कारबाही हो, कतै गएर बोलिस भने मारिदिन्छौं भनेका छन् ।' हतियारधारी दुुई दर्जनसहित एक सयको संख्यामा आएका माओवादीले गुुरुङको खाद्यान्न, भाँडा, लत्ताकपडा, गरगहना, रुपैयाँ, सुुटकेसलगायत भेटेजति धनमाल लगेको स्थानीय प्रत्यक्षदर्शीले बताए । 'पहिला गाउँमा भोज भतेर हुँदा भाँडा वर्तन र कपडा चाहिएमा मीनबहादुुर कहाँबाट ल्याइन्थ्यो,' छिमेकी बढी गुुरुङले भने, 'तर अहिले गाउँलेले दिएको भाँडामा पकाएर खान्छन्, जडउरी लगाएर लाज ढाकेका छन् ।' दोस्रो विश्वयुुद्वका बन्दी बुुबा टेकबहादुुरले पाएको १३ लाख, छोरा अजर्ुुनले १२ र रूपबहादुुरले चार वर्ष अरबको खाडीमा मजदुरी गरी कमाएको धनमाल पनि लुुटेका थिए । लुुटिएको धनमालको परिमाण पनि पीडितहरू खुुलाउन चाहँदैनन् । 'दराज, सुुटकेस, बाक्सा फोडेर भेटिएका रुपैयाँ र गरगहना जसले भेट्यो, त्यसले धमाधम खल्तीमा हालेका थिए,' लगेका धनमालको लेखाजोखा नगरेका बताउँदै पीडितहरूले भने, 'हामीले यति धनमाल लुुटे भनेर भन्दा, मनपरि खल्तीमा राखेको धनसम्पत्तिको रेकर्ड देखिने कुुरै आउँदैन, लुुकाएर लिनेले आक्रमण गर्न सक्छन् ।' लुुटपाट गर्दा माओवादी कार्यकर्ता केशबहादुुर विक, विजय, निश्चल, विष्णुु विकसहितको टोली आएको गाउँलेले बताए । माओवादीले यस अघि गुुरुङको घरलाई सेल्टरका रूपमा प्रयोग गर्दै आएका थिए । त्यही क्रममा गुुरुङका माइला छोरा राजुु भन्ने सुुजन पनि माओवादीमा लागेर 'एलएमजी कमान्डर' समेत बनेका थिए । लमजुुङ पसगाउँको भिडन्तमा पक्राउ परी रिहा भएपछि पुुनः माओवादीमा लागेका सुुजनले त्यहाँबाट विद्रोह गरी हिँडेपछि माओवादीले गुुरुङका परिवारलाई तारो बनाउँदै आएका स्थानीयबासीले बताए । Posted on: 2006
Read Full Discussion Thread for this article