Posted by: Birkhe_Maila September 15, 2006
KAVITAKO DESH-II
Login in to Rate this Post:     0       ?        
एउटा गाउँ थप्दैछु! सम्बन्धविच्छेद (?)- घोप्टिएको कलशलाई अपलक, केवल हेरिदिन्छु, छिटा छिटा पोखिएको जलमा कुनै रसिलो बिगत खोज्दै। संघारमा अल्झिएका कयौँ बाटोका धुलोहरु, तुवाँलो तुवाँलो बनिदिन्छन् भित्र र बाहिर बिच! तिमीलाई याद होला, कयौँ भुतहरुमा हामि थियौँ औँशिमा चन्द्रमा उदाउँदै, अहोरात्र भविश्य खेति गरिरहेका!! आज- दोभानका दुई दैत्य नदीहरु, मध्य भदौमा सिँगौरी खेल्दैछन आफ्नो बर्चस्वको!! उफ! एउटा पग्लिएको हिमाल! अर्को चुहुँदो झरि!!
Read Full Discussion Thread for this article