Posted by: ramprasadneupane September 15, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
प्रिय भाई लुते
साष्टाङ्ग डन्ड्वत पनि गर्न छोडेछस् । दुखको कुरो छ । तेरी जोइ च्यान्टी तल्ला घरे जुल्फे सँग पोइल गयि । गाउघरा हल्ला त थियो, च्यान्टी त्यो पातकी सँग सल्क्या छी भन्ने तर हाम्ले मानेनम ।
घोर्लेको बिजोग भा छ । लौ झट्टै आइज । दशै पछी जानु ।
बा पिर ले दुब्लो भा छन्, आमा अन्न खान छोडिसकिन्। लौ क्य्यार्ने हो गर्।
यौटि azaswaty भन्नी सङ यिनेरै साझामा मेरो हिजो तलाइ पत्र लेख्द लेख्दै पिरेम् पर्यो। उनि नि कनेडा हो कि औरिका मै छिन् रे। लौ कुरो चला नत। DV भर्दा भर्दा वाक्कै भैयो अब त्यै मोरि सङ टिकाटालो गराइदे । गिरीन् कारड् मलाइनि मिलाइदे। त बज्य्ये खैरेनि पद्कौने भैहालेछस्, गरि खा।दशैलै कशि नत्र बोका मत्रै पठाउनु, नत्र बा रुद्री लगाउछु भन्छन।
उहि दुखी
राम प्रसाद न्यौपाने