Posted by: lootekukur September 15, 2006
bhai Loote lai khula patra
Login in to Rate this Post:     0       ?        
प्यारो दाजि, यो लूते को सादर प्रणाम र असीम माया! कुशलै छु, पशुपतिनाथ अनि इशु क्राइस्ट् को कृपाले जेन्तेन जिविका चलाई राख्याछु। पढ्न त आइयो दाजि के गर्नु, पढ्न सकिया छैन। यहाँ का मास्टरहरु सबै अङ्रेजी म फत्फताउँछन्, सुको केहि बुझ्ने हैन। एउटो बुढोलाई भेट्न भनि अफिसमा गाथेँ आज। how you doin today? भन्छ बुढो! कसरी गर्नु नि, उहि आफ्नै हातले गर्दैछु, बुढी छैने भन्न मन लाग्याथ्यो, पछि फेरि मार्ला बुढोले भनी चुप लागेँ। अमेरिकामा आउन त आइयो दाजि तर कुकुरले नपाउने दुख पाइँदैछ त्यसैले नाम पनि तेस्तै राखेँ, के गर्नु? गाममा हुँदा त दिनभरि लङुर्बुर्जा खेलेर बसिन्थ्यो यहाँ त कामले पेलेर आँफै लंगुर जस्तो भैयाछ। अत्ति भो भनेर अस्ति शुक्रबार त कलबमा गयेर बेस्कन धोकेँ, अनि तेस्पछि, एउट खैरेनी सँग मनको बेदना पोखेँ, भरे २ घन्टा पछि रौसीले छोडेपछि पो थाहा भो, केटो पो रहेछ मोरो त, i hear you my friend, let's go to my place and we can have some fun together पो भन्छ? म त कुलेलम तेसपछि त्यहाँ बाट, के गर्नु? तपाइँकी बुहारी च्यान्टीलाई पहिला पहिला नयाँ आउँदा त खुब् सम्झिन्थे। तर अचेल् त फिटिक्क पनि सम्झिन्नँ :P। यहाँ का सेउसी गोरीहरु हेरेपछि सब् भुलिँदो रहेछ दाइ। अचेल् त मलाई पनि एउटी गोरी भित्र्याँउ भित्र्याँउ लाग्छ, जे जे पर्ला पर्ला।:P अनि भुन्टे घोर्ले हुँदै गो रे? कति छिटो हो भन्या बज्जे ले बित्पात् मच्चाउला जस्तो छ। बिहे गर्दे हुन्छ उसो भये। बुहारी आयेसी च्यान्टी ले पनि केहि राहत पाउँथी कि? अनि अब पैसो भन्या त तेस्तै हो दाइ अमेरिकामा। जति आउँछ उति जान्छ। उसमाथि सत्यानाशी बुश बज्जेले दोस्रो चोटी चुनाउ जितेर भुसुक्क ट्याक्स् काट्न थाल्याछ, अनि? फेरि थोत्रो गाडी किन्याछु, कहिले सुख दिया भए मरी जाम्। कहिले टायर पड्कन्छ, कहिले बम्पर, कहिले के जाती, म त दिग्दार् भै सकेँ। यो गाडी किन्ने दिन पक्कै चन्द्रमा बायाँ पर्‍या हुनुपर्छ मेरो जस्तो लागिरहेछ। अब नेपाल त secular भै हाल्यो केरे नि। खसी हैन अब यसपलि त म अमेरिकाने गाई पठाउला internet बाट। गाई को मासु खायेर त हेर्नु दाजि, खसी, कुखुरा सबै बिर्सिनु हुन्छ। :P अनि साँच्चि, त्यो गाई किन्दा खेरि एउटा सुङुर बम्पर उपहार पनि छ। ल तेसै गर्छु यसपलि हुन्न? यसपालि को दशैँ गाई र सुङुरको मासु खाएर मनाउनु होला। उही प्यारो भाइ लूते ;) note: i am frenzied with ecstacy to be able to use nepali unicode, made me kinda nostalgic while typing nepali after eon. kudos to the developer! this is quite a revolution eh! :)
Read Full Discussion Thread for this article