Posted by: aman September 14, 2006
Prachanda's Belly
Login in to Rate this Post:     0       ?        
Here is baburam's rule माओवादीद्वारा निजी वन कब्जा जितेन्द्र खड्गा सिरहा, भदौ २८ - माओवादीले यहाँका विभिन्न व्यक्तिको निजी वन कब्जा गरी बिक्री गरेका छन् । उनीहरूले निजी वनका सिसौं, आँपलगायतका रूख कटान गरी बेचेका हुन् । उनीहरूले 'रूख काट र बेच' अभियान नै चलाएका छन् । यसको पछिलो सिकार राघोपुर-८ स्थित कृष्णचन्द शर्मा बरालको २ सय वर्ष पुरानो बगैंचा भएको छ । बरालका चार पुस्ता अघि लगाएको अढाई बिघा बगैंचाका विभिन्न जातका करिब ३ सय रूख सशस्त्र समूहले असारको तेस्रो साता कटान गरेको हो । करिब ४० लाख पर्ने उक्त बगैंचाका काठ माओवादीले मात्र ३ लाखमा बेचेको बरालले बताए । बगैंचा कटान गर्न थालेको थाहा भएपछि आफू त्यहाँ पुगेको बताउँदै बरालले भने, 'माओवादीले भनेकै अधारमा तीन लाख दिन्छुभन्दा पनि मानेनन् ।' 'मेरो लाखौंको सम्पति नासिदिए', पुर्खाको धरोहर नासिएकोमा चिन्ता गर्दै बरालले भने । बगैंचामा आप, कटहर, जामुन, तुइत, बडहरलगायतका फलफूल तथा विभिन्न जातका दुर्लभ जडिबटी थिए । रूख कटानले स्थानीय बासिन्दा पनि दुःखी छन्् किनभने उक्त बगैंचाको फलफूल वरिपरिका तीन गाउँका बासिन्दाले उपभोग गर्दै आएका थिए । स्थानीयले अनुरोध गर्दा पनि माओवादीले नसुनेको प्रत्यक्षदर्शीले बताए । 'हाम्रो बालबच्चाको आहार फलफूल किन खोसेको भन्दा माओवादीले बन्दुक देखाउँदै हामीलाई लखेटेे'- स्थानीय चानु सदा भन्छन्् । युद्धविरामपछि बरालको मात्र होइन, विष्णुपुरका झबु साहको तीस बिघा आम बगैंचा पनि माओवादीले असारमै कटान गरे । एक करोड पर्ने उक्त बगैंचाका रूख ६ लाखमा बेचेको स्रोतले बतायो । यसैगरी कांग्र्रेस समर्थित सीताराम सर्राफको गोलबजार उत्तरमा पर्ने ९० बिघाको सिसौंघारी पनि माओवादीले कटान गरेको छ । २५ करोड बराबरको त्यहाँको काठमात्र १३ लाखमा बेचेको स्रोतले बतायो । माओवादीद्वारा कटान गरिएको सबै बगैंचाका रूख सिरहाको चौहर्वास्थित रामनारायण यादवले खरिद गरेको पीडित बरालले बताए । माओवादीको रूख कटान अभियानमा ब्यापक 'कमिसन खेल' भइरहेको चर्चा पनि उत्तिकै छ । रूख सस्तोमा बेचेर नेतृत्व र स-मिल मालिकबीच कमिसन बाँडफाँड भएको एक अर्कार् समिल मालिकले बताए । पीडित बगैंचा धनीहरूले युद्धविराम अवधिमा माओवादीको रूख कटानबारे युद्धविराम अचारसंहिता राष्ट्रिय अनुगमन समिति सदस्य तारानाथ दहाल, रमणकुमार श्रेष्ठ, शिव गाउँलेलाई पनि जानकारी गराएका थिए । तर व्यक्तिगत सम्पत्ति क्षतिबारे राज्य र माओवादी दुवै पक्षले हालसम्म केही नबोलेको बरालले बताए । रूख कटानबारे माओवादीका जिल्ला सेक्रेटरी अविनाशले सामन्तको बगैंचा मात्र कटान गरेको बताए । उनले ती बगैंचा जनयुद्धकालमै कब्जामा लिएको बताउँदै 'जनसेना' को भरण पोषणका लागि स्रोत जुटाउन काठ बिक्री गरेको बताए ।
Read Full Discussion Thread for this article