Posted by: Gautam B. September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
रमाईलो भएछ चौतारीमा। पुण्टे दा को जोक रमाईलो रहेछ। तितौरीको स्केचलाई यो चौतारी महोत्सबको उत्कृष्ट पुरस्कार दिनु पर्छ। साह्रै राम्रो छ। मौका मिल्दा हुँदी यस्तै चित्र अरु पनि टाँस्नु है! ठूल्नानीले माथि कतै 'ठोसा' भनेको बुझिन भनेको रै'च। गहुँ, धान आदि काटिसकेपछि जमीनमाथि बाँकी रहेको टुक्रोलाई 'ठोसा' भनिन्छ हाम्रातिर। माथिको जिब्रो बंग्याउने खेलमा मिलाउनलाई मात्रै ठोसा शब्द राखिएको हो, सुनको ठोसा भन्ने कुरो हुँदैन। चित्रेको कथा र बच्चा बेलाको फोटो दुबै कस्तो राम्रो! यो कैले मोरो, जता गएपनि यस्तै हो। दश बर्ख पहिला यस्का छातीमा एउडीले ड्या--म्म धोकाको गोली पड्काई रे! अनि तीन बर्ख पहिला पनि अर्कीले धोकाकै छुरी रोपेर हिनी रे। घाउ त निको भैसक्या हो अरु बेलाँ, तर नर्सिङ ट्वाक ला' बेलाँ भने अलि अलि बल्झिँदो र'च। अनि यो कैले पनि बाँदर जस्तो आफ्नो घाऊ कोतरेर मात्रै बस्छ! मिसको प्रश्नहरु पनि एउटा पनि मिलाउन सकिन, चित्रेका पनि सकिन। बूढेशकालको खिया लागेको दिमाग!
Read Full Discussion Thread for this article