Posted by: Poonte September 8, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
कुम्लेले कईले देखुन् एउटो लाखो पाल्न था’लेच, कुन्नि? अनि ग्वाँचेले कईले देखुन् एउटा बार (भट्टी) खोलेछ, कुन्नि? तर एक दिन कुम्लेले आफ्नो लाखोलाई समेत ले’र ग्वाँचेको बार गएछ, रउसी पिम्न। कुम्ले बसेर रउसी घोक्दै थो रे, उस्को लाखो चई चक चक चक चक गर्दै डुल्न थालेछ। कागतिको डल्लो भेटेछ, घुग्लुक्कै निलेछ। फेरि एउटा चेरी (Cherry) भेटेछ, त्यो नि नचपाई क्वाप्पै निलेछ। ग्वाँचेलाई रिस उठ्दै थो रे, तो लाखोले फेरि अलिभ (Olive) भेटेछ, त्यो नि नचपाई क्वाप्पै निलेछ। फेरि चक चक चक चक अर्दै तो लाखो पुल टेबुल निर पुगेछ। तो बडेमानको पुल बल (Pool खेल्ने cue ball) भेट्टाएछ। तेस्को मुखै नअट्नि तो पुल बल नि सकि नसकि ठस् ठस् अर्दै निल्देछ। अत्ति भो ग्वाँचेलाई। “हेर, कुम्ले, तिमी त मेरो चौतारीको दम्तरी, तिम्लाई म औधी रुचाम्छु। तर तिम्रो तो लाखोले जे भेट्यो तेई निल्दिन्छ। हुँदा हुँदा पुल बल नि निल्द्‌यो, अब मेरा अरु कस्टोमरहरु क्यारी पुल खेल्छन्? अर्को पाली तो लाखोलाई नलि’ आम्न हुँदैन?” सुरुक्क ईस्कच घुट्काउँदै कुम्ले: मलाई अति प्यारो लाउँच तो लाखो, जाँ गएनि ले’र जान पर्छ। तेस्को बानी नै तेस्तै हो सानै देखि। गोलो, डल्लो बस्तु जे भेटेनि निल्नै पर्च तेस्लाई। बरु भन, ग्वाँचे, मेरो लाखोले तिम्रो के के निल्यो, तो सबको पैसा म तिर्दिन्छु। पैसा सैसा सब तिरेर कुम्ले हिंडेछ घर तिर। एक हप्तासि कुम्ले फेरि आयो बार, लाखोलाई डो-याउँदै। ग्वाँचेको निधार खुम्च्यो, तर कुम्ले सम्झेर चुप बस्यो। मालिक कुम्ले “ग्वाँचे मित्र, मेरो रेगुलर ईस्कच, यसपालि डबल बनाईदेऊ…” मत्रै के भन्दैथ्यो, तो लाखो ले एउटा चेरी टयाप्प टिपेछ। ग्वाँचेले हेर्दा हेर्दै, लाखोले तो चेरी सलक्क मुनि गुद्वाराँ हालेछ, सुलुत्त निकालेछ, अनि क्वाप्प मुखाँ हालेर घुग्लुक्क निल्देछ। “छि छि छि छि छि! धत्! जे भनेनि तिम्रो तो लाखोलाइ अब देखि मेरो बारमा नलेऊ यार! अत्तिऽऽऽऽऽऽऽऽऽ भो! के ग्-यो था’छ तिम्रो तो लाखो ले भरखरै?” ग्वाँचेले रनननन हुँदै सब सुनाएछ कुम्लेलाई। कुम्ले: ए, बिचरा! अस्ति तो पुल बल निले देखुन् अचेल जे निल्दा नि मुन्तिर नापरे मात्रै निल्छ के तेल्ले! कठै! :D
Read Full Discussion Thread for this article