Posted by: CaMoFLaGeD September 7, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
कहानी मे ट्विस्ट ****************************************************************** ..... "कुम्ले! तिमी म सङ्ग हिँड अब!" उस्ले मलाई तानेर बाहिर लग्यो। "हैन कहाँ जाने नि यो पानी परेको बेलामा?" "हिँड न!" म उस्को पछि लाग्दै त्यो पानीमा रुज्दै पल्लो अपार्टमेन्ट तिर लागेँ "टक टक टक!" उस्ले ढोका ढकढकायो ढोका खुल्यो। "ओहो! भउते के भयो तिमीलाई? तिमी त निथ्रुकै भिजेर आएछौ नि, सबै ठिक छ?" अबुइ!! कस्ती राम्री भाकी हौ ति त। म त हेरेको हेरेकै भएँ "पानी परेको भएर त तिमीलाई भेट्न आएको नि" भउते के कम छ र मिठो कुरो गर्न। "तिमी यहिँ बस म भित्र बाट Towel लिएर आउछु" उ भित्र जान खोज्दै थिइ भउतेले रोक्यो। "सुन आज जम्मा ३०% चान्स हुँदा हुँदै पनि पानी पर्यो। ३०% चान्स हुनु भनेको नराम्रो होइन रहेछ, त्यहि भएर म तिमीलाई भेट्न आएको" भउतेले एकै साँसमा सम्झाउन खोज्यो। "त्यो त बुझेँ तर तिमीले यो कुरा मलाई किन भनेको?" उस्ले सबै कुरा जान्न खोजिन्। भउतेले खल्तीबाट त्यो अघि को रिजल्ट निकालेर उस्लाई त्यो देखाउदै भन्यो, "यो Love Calculator ले तिम्रो मेरो चान्स ३५% देखाएको छ" उ मुसुक्क हाँस्दै भउतेलाई हेरी। भउते म तिर पुलुक्क हेर्दै "देखिस्!" भन्ने इशारा गर्यो। अनि त्यत्तिकैमा भित्रबाट अलि अलि चिनेको जस्तो आवाज आयो, "ए जुरेली! के गर्दै छेस् बाहिर? भित्र खुरुक्क आ।" मलाई त्यो आवाज कता कता पून्टे दाई को जस्तो ला'छ। समाप्त :पि
Read Full Discussion Thread for this article