Posted by: Gautam B. September 6, 2006
~ ~ चौतारी महोत्सब~ ~
Login in to Rate this Post:     0       ?        
क्या कुरो मिलाम्छ भउतेले पनि! म जुरुक्क उठेर तुरुक्क *तेर सोझै चौतारीयाँ पस्या हो, मउसब भ'र क्या! हुनत अरु बेलामा पनि चौतारीको नशा लाग्याझैं भ'छ। बिहान उठ्यो चौतारी, अड्डा तिर हिन्ने बेलाँ चौतारी, अड्डाँ पुग्नसाथ एउफेर चौतारी, काम गर्दागर्दै धेरैफेर चौतारी, अड्डा'ट घर फर्किने बेलाँ एउफेर चौतारी, घर पुग्नासाथ एउफेर चौतारी, खाना खाईसकेर एउफेर चौतारी, सुत्नी बेलाँ एउफेर चौतारी---! अचेल बूढीले पनि चौतारी पढ्न थालेकी छे, मलाई जिस्काएर हैरान पार्छे!
Read Full Discussion Thread for this article